बागमती सफाईको १२२औ हप्ताको कार्यक्रम सम्पन्न

177
  • स्वाभीमान संवाददाता
    काठमाडौ, २६ भदौ –बाग्मती सरसफाइ अभियानको १२२ औ हप्ताको कार्यक्रम शनिबार बल्खुमा हजारौँको जनसहभागितामा सम्पन्न भएको छ । निर्मल बागमती हाम्रो सपना भन्ने नारासहित सुरु गरीको अभियानको १२२आँै हप्ताको कार्यक्रम मुख्य सचिव डा. सोमलाल सुवेदीको नेतृत्वमा सम्पन्न भएको छ ।

सरसफाई कार्यक्रममा कार्यक्रममा बाग्मती सफाइका अभियान्ताहरु पूर्व मूख्य सचिव लिलामणि पौडेल, माला खरेल, गोकुल थापा, अर्जुन धरेल हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस), समाजसेवी राज्यलक्ष्मी शाक्य लगाएतको उपस्थिति थियो । त्यस्तै निजामती कर्मचारी, सुरक्षाकर्मी, विभिन्न संघसस्थाका प्रतिनिधि, विद्यार्थी लगाएत हजारौँको उस्थिती रहेको थियो ।bagmati clean 2

बिहान ७ बजे देखि सुरु भएको कार्यक्रम दुई घण्टासम्म सञ्चालन भएको थियो । सरसफाई कार्यक्रम पश्चात आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुख्य सचिव डा. सुवेदीले सरकार र आम नागरिकहरुको समेत उत्साहजनक उपस्थिति हुँदा सरसफाईमा स्थानीयहरुको सहभागिता न्युन हुने र फोहर व्यवस्थापनमा देखिएको उदासिनताप्रति दुःख लाग्ने गरेको बताए । उनले सबै मिलेर गरेमा असम्भव कुनै पनि कुरा नभएको भन्दै सबैलाई बाग्मती सफाई अभियानमा सक्रियता देखाउन र फोहोरलाई नदीमा नफ्याकि सही व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै पूर्व मूख्य सचिव लिलामणि पौडेलले आफुले बाग्मती सफाई अभियानमा सधै लागिरहने भन्दै स्थानीय बासिन्दा, विद्यार्थी र सबै क्षेत्रका नागरिकलाई अभियानमा सहभागिता जनाएर अभियान्ताहरुको हौसाला बढाउन आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here