भदौ २८ गते संविधान जारी हुन्छ, दिपावली गर्न तयार भएर बस्नुसः भण्डारी

135

काठमाडौ, २७ भदौ । नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले आगामि भदौ २८ गते संविधान जारी हुने भन्दै दिपावालीको लागि तयार भएर बस्न आग्रह गरेकी छिन ।
राजधानीमा शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भनिन–अब संविधान बन्यो निश्चित हुनुस, हामीले संविधानसभामा हस्ताक्षर गरेपछि भदौ २८ गते संविधान जारी हुन्छ । संविधान निर्माणको प्रक्रिया रोकिदैन ।

साक्षात्कारमा भण्डारीले तराईमा भईरहेको आन्दोलनलाई साम्प्रदायिक दंगा तर्फ लान खोजिएको आरोप लगाउँदै यस अवस्थामा तराईका जनताको शान्ति सुरक्षाको लागि परिचालन गरिएकाले सेना परिचालन फिर्ता नहुने स्पष्ट पारिन ।
उनले भनिन–उपचार गर्न लगिएकोलाई मार्ने, पार्टी कार्यालयमा आगजनि गर्ने, आगलागी गर्न आउने अनि सुरक्षा गर्न सेना ब्याक फोर्सको लागि आउन नहुने रु शान्ति सुरक्षाकालागि सुरक्षा परिचालन ठिक हो ।
एमाले , काग्रेस र एमाओवादीले मधेसबाट सबैभन्दा बढी प्रतिनिधित्व गरेको अवस्थामा उनीहरुले मधेसको प्रतिनिधित्व गर्दैनन भन्ने कुरा हास्यास्पद भएको भन्दै प्रश्न गरिन–एमालेको यादव यादव नहुने, उनीहरुका यादव यादव नै रहने ?
संसारमा कतै पनि संविधानमा सबैको भावना पुरा गर्न नसक्ने भन्दै आफूहरुले पनि जनसंख्याको आधारमा ५० प्रतिसत महिला सहभागिता माग्दा नपाएको तर्फ ध्यान दिन सुझाव दिईन ।
भण्डारीले झापादेखि कन्चनपुरसम्मको प्रदेश कुनै पनि हालतमा हुन नसक्ने ठोकुवा गर्दै संविधानसभाले गर्ने निर्णयको लागि संविधानसभामा सहभागि हुनु पर्ने बताईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here