विराटनगरमा गोली चल्दा तीन जना घाइते

129

विराटनगर, ४ असोज । विराटनगरमा आज प्रहहरीको गोली लागि तीनजना घाइते भएका छन् । गोली लागि विराटनगर–७ बस्ने १४ वर्षीय अजय सहनी, २० वर्षीया पिङ्की केशरी र १८ वर्षीय विशाल केशरी घाइते भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले विराटनगरको महावीर चोकमा बिहानैदेखि टायर बालेर विरोधका कार्यक्रम सुरु गरेपछि तनावपूर्ण बनेको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । सुरुमा अश्रुग्यास प्रहार गरेपनि अवस्था नियन्त्रणमा आउन नसकेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here