बाबुराम कम्युनिष्ट नबन्दै के भन्थे ?

261

डा. बाबुराम भट्राई सन १९८१ मार्च २८ सम्म कम्युनिष्ट पार्टीको सदस्य बनेका थिएनन् । उनलाई कम्युनिष्ट पार्टीको सदस्य बनाउन कमरेड भक्त बहादुर श्रेष्ठको ठूलो योगदान रहेको छ । स्वंयम बाबुरामले श्रेष्ठलाई नया दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयको पूर्वाञ्चल होस्टेलको कोठा नं. १२९ बाट हातैले लेखेर पठाएको यो चिठ्ठीले यही कुरा पुष्टि गर्छ ।

यो चिठ्ठी कमरेड भक्तबहादुर श्रेष्ठले जनधारणा साप्ताहिकलाई २०६२ बैशाख ४ गते उपलब्ध गराउनुभएको हो । चिठ्ठीमा बाबुराम भट्टराईले नेपालको जनवादी क्रान्तिबारे प्रश्न उठाउँदै ‘भारतले नेपाली क्रान्तिमा दखल गर्ने आर्थिक निर्भरताको हतियार यो सँग सुरक्षित छ (राजनीतिक र क्षेत्रीय अखण्डताको प्रश्नलाई अलग्गै राख्दा) । यो तितो सम्भावना (या निश्चितता !) सँग जुध्ने हाम्रो के हतियार छ र यसबारे पार्टीको के नीति छ कृपया प्रष्ट पार्नुहुनेछ ।’ प्रस्तुत छ दुई पृष्ठ चिठ्ठीको पूर्ण अंश । brbbrb1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here