संकटमा प्रहरीको प्रशंसनीय काम

191

काठमाडौं– इन्धन अभावका कारण सार्वजनिक सवारीसाधन कम चलेर यात्रुहरूले दु:ख पाइरहेका बेला नेपाल प्रहरीले गत आइतबारदेखि नि:शुल्क रूपमा यात्रुहरू बोक्ने गाडीहरू सञ्चालनमा ल्याएको छ ।
महानगरीय प्रहरी परिसर रानीपोखरीले प्रहरी बोक्ने गाडीमा सर्वसाधारणलाई नि:शुल्क सेवा दिन सुरु गरेपछि सडकमा अलपत्र परेका यात्रुहरूले राहत महसुस गरेका छन् । यात्रुको चाप रहने चक्रपथ क्षेत्रमा २ वटा गाडी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
तेलको अभाव भएपछि काठमाडौंमा सार्वजनिक यातायात निकै कम संख्यामा चलेका छन् । यात्रुहरू बसभित्र कोचिएर र छतमा झुण्डिएर जोखिमपूर्ण यात्रा गरिरहेको अवस्थामा प्रहरीले नि:शुल्क यातायात सेवा सञ्चालन गरेको छ ।
यसैबीच सरकारले काठमाडौं प्रहरी प्रमुखको जिम्मा एसएसपी विक्रम सिंह थापालाई दिएको छ । गत शुक्रबार गृह मन्त्रालयले ३५ जना एसएसपीहरूको सरुवा गरेकोमा थापालाई काठमाडौं प्रहरी प्रमुखको जिम्मा दिएको हो । निर्भिक र निडर स्वभावका थापा प्रहरीभित्र स्वच्छ चरित्रका अधिकारीका रूपमा चिनिन्छन् । गुल्मी पिपलधाराका स्थानीय बासिन्दा थापाले यसअघि उपत्यकामा ललितपुर प्रहरीको जिम्मा समेत सम्हालिसकेका छन् । त्यस्तै उनले सिराहा, बााके, कपिलवस्तु र रूपन्देहीको प्रहरी प्रमुखको रूपमा जिम्मेवारी सम्हालिसकेका छन् । २०४३ सालबाट प्रहरी सहायक निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थापाले एक वर्षपछि अनिवार्य अवकाश पाउादै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here