राजमार्ग अवरोध गर्ने विरुद्ध मुद्धा चलाइने

120

काठमाडौ–पछिल्लो समय तराइमा चलिरहेको आन्दोलनका क्रममा राजमार्ग अवरोध गर्ने तथा सवारीसाधनहरु तोडफोडका घटनाहरु बढेपछि गृह मन्त्रालयले राजमार्ग अवारोध गर्ने विरुद्ध मुद्दा चलाउने तयारी गरेको छ ।
नवनियुक्त गृहमन्त्री शक्ति बहादुर बस्नेतले सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै सार्वजनिक सवारी साधान तोडफोड गर्ने तथा राजमार्ग अवरुद्ध गर्ने विरुद्ध मुद्दा चलाउन निर्देशन दिएका हुन् । छलफलका क्रममा गृहमन्त्री बस्नेतले राजमार्ग अवरुद्ध गर्ने तथा सवारी साधन तोडफोड गर्नेलाई पक्राउ पश्चात सामान्य कारबाहीमा छाडने प्रवृत्तिले आन्दोलनकारीहरुलाई बल पुगेको भन्दै कडा कारबाहीका लागि निर्देशन दिएका हुन् । गृहमन्त्रीले राजमार्ग अवरुद्ध गर्नेलाई कुनै माफि नदिन समेत सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् । गृहमन्त्रालले तराई आन्दोलनका क्रममा उत्कृष्ट भूमिका निर्वाह गर्ने प्रहरी अधिकारीहरुलाई पुरस्कृत गर्ने तयारी समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here