अमेरिकी सरकार हतियार नियन्त्रणमा असफल भएको भन्दै टेक्सासका छात्राहरूले कृत्रिम लिंग बोकेर हिड्ने अभियान चलाएका छन् । विद्यार्थीहरूलाई विश्वविद्यालय क्याम्पसमा पढ्न आउादा लुकाएर ह्याण्डगन बोक्न दिने सरकारी कानुनको विरोधमा छात्राहरूले लिंग बोक्ने आन्दोलन सुरु गरेका हुन् । आउादो वर्ष अगष्टदेखि कार्यान्वयनमा आउने यो कानुनअनुसार विद्यार्थीहरूले क्याम्पस आउादा लुकाएर ह्याण्डगन बोक्न पाउनेछन् ।
पछिल्लो समयमा अमेरिकामा हतियारधारीहरूले स्कुल तथा कलेजमा आक्रमण गरी धेरै विद्यार्थीको हत्या गरेको घटना बढिरहेका बेला सरकारले लुकाएर बन्दुक बोक्न दिने कानुन बनाउने तयारी गरेपछि छात्राहरू लिंगको हतियार बोकेर आन्दोलनमा उत्रिएका हुन् ।
टेक्सास विश्वविद्यालयकी छात्रा जेसिका जिनले यो आन्दोलनको अगुवाई गरिरहेकी छिन् । यो अभियानमा १५ सय छात्राहरू सहभागी भएका छन् ।