एनसेलद्वारा द्रुतगतिको इन्टरनेट सेवा

125

काठमाडौं/ एनसेलले आफ्नो सेवा विस्तार तथा नेटवर्क आधुनिकीकरण गर्दै द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्ने भएको छ । एनसेलका ग्राहकहरूले २१ एमबी प्रतिसेकेन्डसम्मको गतिमा इन्टरनेट सेवाको अनुभव गर्न सक्नेछन् । कम्पनीले काठमाडौं उपत्यकामा आफ्नो नेटवर्क अपग्रेडेसनको काम सिध्याएको छ । ‘एनसेलको अपग्रेडेड नेटवर्कले काठमाडौं उपत्यकामा रहेका ग्राहकलाई अझ सहज तथा दु्रतगतिमा आफ्ना प्रियजनसाग सम्पर्कमा रहन समर्थ बनाउनेछ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एरिम टाइलानलारले भने । कम्पनीले यसबाट सेवाको गुणस्तर अझ बढ्नुका साथै ग्राहक अनुभव अझ सुदृढ हुने विश्वास लिएको छ । साथै अनलाइन भिडियो हेर्न तथा टाढा रहेका साथीभाइ तथा आफन्तहरूसाग सम्पर्कमा रहन अझ मन पराउनेमा कम्पनी विश्वस्त छ ।
यसरी अपग्रेड गरिएको नेटवर्कले भूकम्पपश्चात् झिकिएका धेरै टावरको क्षेत्रसमेत कभर गरेको छ । टावर राख्न बााकी केही ठाउामा एनसेलले सेवा सुचारु राख्न ‘सेल अन ह्वील’ र ‘सेल अन लेग’ जस्ता प्रविधि परिचालन गरिराखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here