कलर्सको नयाा स्मार्टफोन

146

काठमाडौं/ कलर्स मोबाइलले ग्राहकहरूका लागि नयाा स्मार्टफोन बजारमा ल्याएको छ । कलर्सले एक्स फ्याक्टर ट्रेण्ड सिरिजअन्तर्गत नयाा ट्रेण्डी स्मार्टफोन कलर्स एक्स फ्याक्टर टि–५० बजारमा ल्याएको हो ।
नयाा फोनमा रियल टाइम ब्युटी मोड, पानोरामिक शट, लाइभ सट र ८ मेगापिक्सल क्षमताको पृष्ठ क्यामरा र ५ मेगा पिक्सल क्षमताको अग्र क्यामरा जडित छन् । कलर्स एक्स फ्याक्टर टि ५० मा पछिल्लो प्रविधिको एण्ड्रोइड ५.० ललिपप संचालन प्रणाली, १८०० एमएएच क्षमताको ब्याट्री र ३२ जिबीसम्म बढाउन सकिने ८ जिबी रोम प्लस १ जिबी र्‍याम क्षमताको पर्याप्त आन्तरिक मेमोरी रहेका छन् । यसको स्क्रिन ५ प्वाइन्ट क्षमताको टच प्यानलसहित एफडब्लुभिजिए आइपिएस एलसिडियुक्त ४.५ इन्च आकारको छ । यसमा १.३ गेगाहर्ज क्वाड कोर प्रोसेसर छ भनें यो दोहोरो सिम प्रयोग गरी २ जि र ३ जि नेटवर्कहरू दुवैमा चलाउन सकिने कार्य क्षमता राख्दछ । यस फोनको बजार मूल्य ९ हजार ४ सय ५९ रूपैयाा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here