भारतीय सञ्चारमाध्यमबाटै भण्डाफोर

163

गैरनेपालीलाई नागरिकता वितरण प्रकरणमा भारत नांगियो
काठमाडौं– नेपालमा २०६२/०६३ को जनआन्दोलनपश्चात् लाखाौ भारतीयहरूलाई नेपाली नागरिकता वितरण गरिएको विषयमा विभिन्न अनुमान, व्याख्या तथा टिप्पणी भइरहादा भारतीय पक्षले नै लाखाौ भारतीय नागरिकले नेपाली नागरिकता लिएको पुष्टि गरेको छ । मधेस केन्द्रित दलहरूले मधेसमा आफ्नो भोट सुरक्षित गर्नका लागि लाखाौ भारतीयहरूलाई नेपाली नागरिकता दिएको र भारतले समेत मधेसमा आफ्नो प्रभाव विस्तार गर्न भारतीयलाई नेपाली नागरिकता दिलाउन भूमिका खेलेको भन्ने टीकाटिप्पणीहरू भइरहादा मंगलबार भारतबाट प्रकाशित हुने चर्चित पत्रिका नवभारत टाइम्सले एउटै जिल्लाका हजारौं भारतीयहरूले नेपाली नागरिकता बोकेको भन्ने समाचार प्रकाशित गरेपछि भारतीय पक्ष नागरिकता प्रकरणमा नांगिएको हो । सीमावर्ती भारतमा प्रधानपञ्चको निर्वाचन नजिकिादै गर्दा भारतीय पक्षले नै हजाराौ भारतीयहरूले नेपाली नागरिकता बोकेको भन्दै निर्वाचनमा सहभागी हुनबाट रोक्नुपर्ने आवाज उठाएपछि भारतीयहरूलाई नेपाली नागरिकता दिएको विषय पुष्टि भएको हो । सीमावर्ती भारतीय क्षेत्र महाराजगञ्ज जिल्लामा करिब २० हजारभन्दा बढी भारतीयहरूले नेपाली नागरिकता बोकेको फेला परेपछि त्यहााका भारतीय नागरिकले नेपाली नागरिकता बोकेका भारतीयहरूलाई निर्वाचनमा सहभागी हुन नदिन आवाज उठाएका छन् ।
विगतमा तराईमा भारतको प्रभाव र वर्चस्व कायम गर्न गैरनेपालीलाई नेपाली नागरिकता वितरण गरिएको भन्दै विभिन्न पक्षबाट आलोचना हुादै आए पनि मधेसमा राजनीति गर्दै आएका राजनीतिक दल र भारतीय पक्षले समेत यसलाई तथ्यहीन भन्दै आएका थिए । तथापि पछिल्लो समय मधेसमा अस्वाभाविक रूपमा बढिरहेको जनसंख्या र भारतीय पक्षको सक्रियताले भने मधेसवादी दल र भारतीय पक्षको दाबी कमजोर हुादै गएको थियो । तर भारतीय सञ्चारमाध्यमले सीमावर्ती क्षेत्रका नागरिकहरूलाई उल्लेख गर्दै समाचार प्रकाशित गरेपछि भने नेपालमा भारतीय प्रभाव बढाउन गरिएको प्रयासमा भारत र मधेसी दलहरू नागरिकता प्रकरणमा नांगिएका छन् भने ठूला भनिएका दलहरूसमेत शंकाको घेरामा परेका छन् ।
भारतको एउटा जिल्लामा मात्र २०आौ हजार भारतीयले नेपाली नागरिकता बोकेको तथ्य बाहिर आउादै गर्दा भारतसाग जोडिएका सीमा क्षेत्रहरू, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कति भारतीयहरूले नेपाली नागरिकता प्राप्त गरेका होलान् अनुमान समेत गर्न सकिादैन । तर पछिल्लो घटनाले मधेसमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र अंगीकृतहरूलाई कार्यकारी भूमिका दिने भन्दै भइरहेका आन्दोलनहरू कसको बलमा भइरहेका छन् भन्ने कुरा भने अब घाम जस्तै छर्लङ्ग भइसकेको छ ।
विगत दुई महिनादेखि भारतले मधेस आन्दोलनलाई देखाउादै नेपालमा नाकाबन्दी गर्दै आएको छ । भारतले मधेसका आन्दोलन जायज रहेको र ती माग नेपाल सरकारले पूरा गर्नुपर्ने भन्दै सरकारलाई समेत दबाब दिने काम गरिरहेको छ । तर हालै भारतीय पक्षले नै गैरनेपालीलाई नागरिकता वितरण भएको भन्ने घटनालाई पुष्टि गरेपछि भारतले मधेसमा आफ्नो प्रभाव बढाउन र भारतीय नागरिकलाई अधिकार दिलाउनका लागि नै नाकाबन्दीलगायतका गैरकूटनीतिक व्यवहार र षड्यन्त्र गरेको पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here