नेप्सेमा पाँच अंकको सुधार

125

काठमाडौं, मंसिर ३ । तिहार सकिएपछि लगातार रुपमा घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साताको चौंथो दिन बुधबार भने सुधार देखिएको छ । बुधबार नेप्से पाँच दशमलव शून्य सात अंकले बढेर एक हजार ९९ दशमलव २५ अंकमा पुगेको छ ।

सो दिन कुल एक सय ११ कम्पनीहरुको १५ सय ६० वटा कारोबार भएकोमा चार लाख ७० हजार आठ सय १५ कित्ता सेयर खरिदबिक्री भएको छ । उक्त परिमाणको सेयर बिक्रीबाट सो दिन २१ करोड ४६ लाख ७२ हजार दुई सय ६२ रुपैयाँको कारोबार भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने नेप्से सेन्सिटिभ पनि सो दिन एक दशमलव २५ अंकले बढेर दुई सय ३७ दशमलव ४१ अंकमा कायम रहेको छ ।

बुधबार आठवटा समूहको कारोबार भएकोमा तीनवटा समूहको कारोबार घटेको छ भने बाँकी समूहको कारोबार बढेको छ । वाणिज्य बैंक, विकास बैंक,  फाइनान्स, बीमा र अन्य समूहको सूचक बढेको छ भने होटल, जलविद्युत् तथा उत्पादनमूलक समूहको सूचक घटेको छ ।

वाणिज्य बैंक समूहको सूचक आठ दशमलव शून्य दुई अंकले बढेको छ । उक्त समूहको सूचक एक हजार २३ दशमलव ५२ अंकमा कायम रहेकोमा नौ करोड ८८ लाख ४१ हजार सात सय रुपैयाँको कारोबार भएको छ । विकास बैंक समूहको सूचक चार दशमलव ३९ अंकले बढेर नौ सय ३० दशमलव १६ अंकमा कायम रहेकोमा पाँच करोड ७१ लाख १४ हजार तीन सय रुपैयाँको कारोबार भएको छ । फाइनान्स समूहको सूचक शून्य दशमलव ८३ अंकले बढेर पाँच सय ५४ दशमलव ७५ अंकमा कायम रहेकोमा २८ लाख ३२ हजार ८० रुपैयाँको कारोबार भएको छ । बीमा समूहको सूचक पनि सो दिन १२ दशमलव सात अंकले बढेर ४६ सय १० दशमलव ६० अंकमा कायम रहेकोमा दुई करोड ६५ लाख २८ हजार एक सय रुपैयाँको कारोबार भएको छ ।

अन्य समूहको सूचक एक दशमलव १७ अंकले बढेर सात सय ५८ दशमलव ९४ अंकमा कायम रहेकोमा १३ लाख १३ हजार एक सय ९० रुपैयाँको कारोबार भएको छ । होटल समूहको सूचक १३ दशमलव पाँच अंकले घटेर १८ सय १९ दशमलव ६२ अंकमा कायम रहेकोमा चार लाख ५० हजार आठ सय ४२ रुपैयाँको कारोबार भएको छ । जलविद्युत् समूहको सूचक चार दशमलव ७१ अंकले घटेर १९ सय ६२ दशमलव चार अंकमा कायम रहेकोमा ७६ लाख ८४ हजार छ सय ७० रुपैयाँको कारोबार भएको छ । यसैगरी उत्पादनमूलक समूहको सूचक पनि सो दिन २४ दशमलव ९१ अंकले घटेर १८ सय ५७ दशमलव ८७ अंकमा कायम रहेकोमा १० लाख २९ हजार रुपैयाँको कारोबार भएको छ ।

सो दिन सबैभन्दा बढी कमाउने कम्पनीको सूचीमा साना किसान विकास बैंक अग्रस्थानमा छ भने गुमाउने कम्पनीको सूचीमा अग्रस्थानमा जेबिल्स फाइनान्स परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here