भारतमै मोदीको राजीनामा मागियो

203

काठमाडौं– नेपालमा गैरकूटनीतिक व्यवहार देखाउादै नाकाबन्दीमा उत्रिएपछि विश्वबाट चर्काे आलोचना खेप्दै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नै मुलुक भारतमा पनि अलोकप्रिय र आलोचित बन्दै आएका छन् । नेपालको संविधानमा भारतीय चासो सम्बोधन नभएको भन्दै नेपालमा एकतर्फी नाकाबन्दी गर्दै आएका मोदीले लामो समयदेखि सुमधुर रहादै आएको नेपाल–भारत सम्बन्धलाई संवेदनशील अवस्थामा धकेलेपछि मोदीको भारतमा नै राजीनामा माग्न सुरु भएको छ । मोदीको व्यवहारले छिमेकी मुलुक पाकिस्तानसागै नेपालसागको सम्बन्ध समेत संकटमा परेको भन्दै भारतीय कांग्रेस आइका नेता तथा पूर्वमन्त्री मणिशंकर अयरले भारतीय प्रधानमन्त्री मोदीको राजीनामा माग गरेका छन् । अयरले पाकिस्तानी टेलिभिजन च्यानल दुनियाा टेलिभिजनसाग कुरा गर्दै नाकाबन्दी गरेर मोदीले नेपाली जनताको विश्वास गुमाएको र पाकिस्तानमा समेत युद्धको अवस्था सिर्जना गरेको भन्दै अब मोदीलाई सरकार सञ्चालनको नैतिक धरातल नरहेको जनाएका हुन् । उनले नेपाल–भारत सम्बन्धलाई सुधार गर्नका लागि नरेन्द्र मोदीलाई सत्ताबाट हटाउनुपर्ने भन्दै उनी सत्तामा रहेसम्म नेपाल–भारत सम्बन्ध सुमधुर हुन नसक्ने जनाएका छन् । उनले केही समय यस्तै अवस्था रहे भारतीय जनताले नै मोदीलाई प्रधानमन्त्रीबाट हटाउने दाबी गरे ।
मोदीको छिमेकी मुलुकसागको सम्बन्धप्रति असन्तुष्ट बनेका भारतीय मिडिया, बुद्धिजीवी र आम जनताहरूले समेत पछिल्लो समय मोदीको नेपाल नीतिलाई लिएर चर्काे विरोध र आलोचना गर्दै आएका छन् । उनीहरूले मोदीका कारण नेपालले भारतसागको सदियाौ पुरानो सम्बन्धलाई समेत पुनर्विचार गर्दै छिमेकी मुलुक चीनसाग नजिकिएको भन्दै मोदीका कारण असल छिमेकीलाई गुमाउनुपर्ने अवस्था आएको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here