मधेशमा अर्को मोर्चा

149

काठमाडौं/ तराईका चार छुट्टाछुट्टै दलहरूले गठबन्धन गरेका छन् । मधेसको मुद्दामा केन्द्रित रहेर आन्दोलन गर्दै आएका ती दलहरूले एकताबद्ध आन्दोलनको महसुस गर्दै गत शनिबार गठबन्धन गरेको जनाइएको छ ।
शरत्सिंह भण्डारीको नेतृत्वमा रहेको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिलकुमार झाको नेतृत्वमा रहेको नेपाल सद्भावना पार्टी, राजकिशोर यादवको नेतृत्वमा रहेको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), जयप्रकाश प्रसाद गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानबीच मोर्चाबन्दी भएको हो । उक्त चार मधेसवादी दलले संघीय समावेशी मधेसी गठबन्धन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here