वैदेशिक रोजगारीको समस्या हल गर्न अख्तियारको सुझाव

304

काठमाडौं, मंसिर १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुले भोग्नुपरेका समस्याहरुको स्थलगत अध्ययन गरी समस्या समाधानको लागि सम्बन्धित निकायहरुलाई सुझाव दिएको छ । बिहीबार पत्रकार सम्मेलन गरी अख्तियारले वेदैशिक रोजगारीमा जाँदा नेपालीहरुले विदेश जाने क्रमदेखि नेपाल फर्केपछि पनि विभिन्न समस्याहरु झेल्नुपर्ने कुरामा उजुरीहरु पर्न आएपछि ध्यानाकर्षण भई अनुसन्धानपश्चात् सुझाव दिएको जनाएको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुष्करले वैदेशिक रोजगार मानवबेचबिखन गर्ने स्थानको रुपमा परिणत हुँदै गएकोमा सुधार गर्न सुझाव दिइएको जनाए । उनले भने, ‘सुधार भए÷नभएको बारे भोलिबाटै अनुगमन सुरु हुन्छ, सुधार नभए विशेष अदालतमा मुद्दा दायर हुन्छ ।’ अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतका सम्बन्धित निकायहरुलाई सुझाव दिएको छ ।

वैदेशिक रोजगारीको समस्या हल गर्न विद्यमान कानुनी व्यवस्थाहरुको कार्यान्वयन, नीतिगत सुधार, कानुनी सुधार, संस्थागत एवं संरचनागत सुधार, कूटनीतिक कार्य, कर्मचारी व्यवस्थापनमा सुधार र श्रमिकहरुको क्षमता अभिवृद्धि गर्न सुझाव दिएको छ । कार्यक्रममा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, श्रम मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका पदाधिकारीहरुको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here