नाचेरै विश्वकीर्तिमान

215

हरियाणाको कर्नालीमा रहेको नेशनल इन्टिग्रेटेड फोरम अफ आर्टिष्ट एण्ड एक्टिभिटीको आयोजनामा ३ सय ४८ जना बालबालिकाहरुले एकसाथ शास्त्रीय कत्थक नृत्य गरेर विश्वकीर्तिमान कायम गरेका छन् ।

उक्त संस्थाले यसअघि पनि विभिन्न चार विधामा विश्वरेकर्ड कायम गरिसकेको छ । कीर्तिमानी कत्थक नाच्ने बालकलाकारहरुमा विद्यालयका विद्यार्थी तथा विभिन्न नृत्य समूहका बालकलाकार थिए । परम्परागत कत्थकको पहिरन लगाएर उनीहरु ५ मिनेट ५७ सेकेण्डसम्म कत्थक नृत्य नाचेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here