जनतामा फर्किन एमाओवादी नेताको सुझाव

171

काठमाडौं/ नेकपा एमाओवादीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक र सांगठनिक प्रस्तावको समर्थनमा पूरक प्रस्ताव दर्ता भएको छ । एमाओवादीका केन्द्रीय सदस्य पुष्पविक्रम मल्ल र विकेश श्रेष्ठले सो पूरक प्रस्ताव दर्ता गराएका हुन् ।
गत शुक्रबारको बैठकमा उनीहरूले पार्टी जनताबाट विमुख हुादै गएकोमा असन्तुष्टि प्रकट गर्दै पूरक प्रस्ताव दर्ता गराएका थिए । उनीहरूले संगठन सुदृढीकरण गर्ने योजना ल्याउन, जनतामा फर्क, जनतामा जाऔा भन्ने नाराका साथ कार्ययोजना ल्याउन, संविधानसभाबाट जारी भएको संविधानको स्वामित्व लिादै अपूरा भएका विषयमा संशोधनमार्फत पूर्णता दिनसमेत आग्रह गरेका छन् । तर पार्टी प्रवक्ता दिनानाथ शर्माले भने पूरक प्रस्ताव दर्ता नभएको र उनीहरूले आफ्नो धारणा मात्र राखेको दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here