काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा आन्दोलनका नाममा आन्दोलनकारीहरूले मुलुकको अखण्डतामाथि खलल पुर्याउने कोसिस गरेको भन्दै त्यसविरुद्ध कडा रूपमा प्रस्तुत हुने संकेत गरेका छन् । सुनसरीको इटहरीमा सोमबार एमाले सुनसरीको दोस्रो जिल्ला परिषद् उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो संकेत गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साम्प्रदायिकतामा खलल पुर्याउने र देश टुक्र्याउन खोज्ने तत्वविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले सरकारको मौनतालाई कमजोर सम्झिादै आन्दोलनकारीले साम्प्रदायिकता मच्चाउन खोजेको भन्दै त्यस्ता तत्वविरुद्ध सरकार अब कडा रूपमा प्रस्तुत हुने जनाएका छन् । प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीमाथिको आक्रमण, प्रहरी चौकी तोडफोड, एम्बुलेन्स जलाउने तथा नाका अवरुद्ध गर्दै दैनिक अत्यावश्यक वस्तुको आपूर्तिमा रोक, राष्ट्रप्रमुखमाथिको आक्रमण प्रयास र अपमान लगायतका कार्य जघन्य अपराध र राष्ट्रियताविरोधी कार्य भएको भन्दै यस्ता कार्य गर्ने जोकोहीलाई पनि सरकारले कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिए ।
प्रधानमन्त्री ओलीले शान्तिपूर्ण आन्दोलनको विकल्प हुादा हुादै पनि जबर्जस्ती साम्प्रदायिकता भड्काउनेखालका गतिविधि तराई आन्दोलनका क्रममा देखिएकाले यस्ता गतिविधि रोक्न सरकार जस्तोसुकै अप्रिय निर्णल लिन पनि पछि नपर्ने जनाए । प्रधानमन्त्री ओलीले नेपालको संविधान संसारकै उत्कृष्ट र समावेशी संविधान भए पनि मधेशवादी दलहरूले जनतामा अनावश्यक भ्रम फैलाएर गैरराजनीतिक र अलोकतान्त्रिक गतिविधि देखएको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे ।