नेपाल एसबीआई बैंकले बोनस सेयर दिने

206

काठमाडौं/ नेपाल एसबीआई बैंकले बोनस सेयर वितरण गर्ने भएको छ ।
बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई गत आवको मुनाफा तथा विगत वर्षहरूमा आर्जित मुनाफाबाट २७ प्रतिशतका दरले बोनस सेयर र १ दशमलव ४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त बोनस सेयर भने बैंकको आगामी २२औा वार्षिक साधारणसभा र नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।
बैंकको सञ्चालक समितिको बैठकले आ.व. २०७१/०७२ को नाफा–नोक्सान बााडफााट हिसाबलगायत वार्षिक आर्थिक विवरण स्वीकृत गरेको छ । बैंकले हासिल गरेको खुद मुनाफा गत वर्षको तुलनामा १५ दशमलव ४३ प्रतिशतले बढी छ । एसबीआई बैंक लिमिटेड नेपाल र भारतको संयुक्त लगानीमा भारतीय स्टेट बैंक तथा कर्मचारी सञ्चय कोषको प्रवद्र्धनमा स्थापित बैंक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here