नाका अवरुद्ध गर्न खोज्ने राजेन्द्र महतो प्रहरी आक्रमणमा घाइते

231

काठमाडौ १२ पुस । नेपाल भारत सीमा नाका अवरुद्ध गर्न खोज्ने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि प्रहरीले लाठीचार्ज गर्दा टाउकोमा गम्भीर चोट लागेको छ । घाइते उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । विराटनगरको रानी भन्सार अगाडि मधेसी मोर्चाका कार्यकर्तासहित मालबाहक गाडीलाई अवरोध गरिरहेका महतोलाई प्रहरीले धर्नाबाट हटाउन खोज्दा प्रतिकारमा उत्रिएपछि प्रहरीले उनीमाथि लाठी चार्ज गरेको हो । झडपका क्रममा उनको टाउको लगाएत शरीरका विभिन्न अंगमा चोट लागेको छ । घटनामा ११ जना मोर्चाका कार्यकर्ता र एक प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here