बारपाकमा सेनाको स्वास्थ्य टोली

266

काठमाडौं/ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक र लाप्राकमा व्यापक हिमपात भएपछि भूकम्पपीडितहरू प्रभावित भएका छन् । हिमपातले भूकम्पपीडितका अस्थायी टहराहरू हिउाले ढाकिएको र हिमपातपछि बढेको चिसोका कारण भूकम्पपीडितहरू बिरामी हुन थालेका छन् । बिरामीहरूको स्वास्थ्य जााचका लागि नेपाली सेनाको स्वास्थ्य टोलीले प्रभावित क्षेत्रमा गएर उपचार सुरु गरेको छ । भूकम्पपीडितहरूमा हिमपातपछि रुघाखोकी, हाडजोर्नी दुख्ने तथा पखाला लाग्ने लगायतका समस्याहरू देखिन थालेको उपचारमा संलग्न गोरखा अस्पतालकी डा. बिन्दु पाण्डे केसीले जानकारी दिनुभयो । डा. केसीले बिरामी परेका भूकम्पपीडितको उपचारका लागि आफूहरू खटिरहेको जनाउनुभयो । सेनाको स्वास्थ्य टोलीले बिरामी परेका लाप्राकका झण्डै दुई सय बिरामीको उपचार गरेको जनाएको छ । सेनाले बिरामीहरूको उपचारसागै भूकम्पपीडितहरूलाई खाद्यान्न, लत्ताकपडा तथा त्रिपालसमेत वितरण गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here