काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘धुर्मुस सुन्तली नमुना एकीकृत बस्ती’को अवलोकन गरेका छन् । भूकम्प गएको ३ महिनामै निर्माण सम्पन्न भएको काभ्रे डााडागाउास्थित पहरी बस्तीको करिब नौ महिनापछि प्रधानमन्त्री ओलीले अवलोकन गरेका हुन् ।
बस्ती अवलोकनपश्चात् प्रधानमन्त्री ओलीले धुर्मुस सुन्तलीको सामाजिक कामको प्रशंसा गर्दै सरकारले पनि पुनर्निर्माणको काम छिट्टै थाल्ने बताए । नाकाबन्दीको समस्या समाधान नजिक रहेको भन्दै उनले नाका सहज भएपछि पुनर्निर्माणमा सहज हुने बताए । ‘धुर्मुस सुन्तली एकीकृत बस्ती’ रहेको जमिन गुठीको नाममा रहेकाले घरधनीको स्वामित्वमा ल्याउनका लागि पहल गर्ने समेत उनले प्रतिबद्धता जनाएका छन् । एकीकृत बस्तीमा ५५ पहरी परिवारमध्ये १८ परिवार बसोबास गर्दै आएका छन् । त्यहााका बासिन्दाले बााकी रहेका पहरीहरूको लागि पनि त्यस्तै किसिमको घर बनाउन प्रधानमन्त्रीसाग माग गरे ।
भूकम्पपश्चात् अमेरिकामा रहेको कार्यक्रम छाडेर स्वदेश फर्किएका धुर्मुस सुन्तलीलगायतका कलाकार आफौ खटेर ७७ दिनमा एकीकृत नमुना बस्ती निर्माण गरेका हुन् ।
अल्प संख्यक र पिछडिएका जाति पहरीहरूको दयनीय अवस्था रहेकाले २० परिवारलाई ‘धुर्मुस सुन्तली’ले घर निर्माण गरिदिएका हुन् । उनीहरूले विभिन्न व्यक्ति तथा संस्थासाग सहयोगको अपिल गरेर सो कार्य सम्पन्न गरेका थिए ।
धेरैले अवलोकन र प्रशंसा गरेको एकीकृत बस्तीका हरेक घरमा धारा र शौचालय छन् । भूकम्पबाट सुरक्षित बस्तीमा बायोग्यास, डिस होमलगायतका सुविधा पनि जडान गरिएको छ ।
एउटै शैलीका घरले निर्माण भएको बस्ती हेर्दामा पनि निकै राम्रो देखिन्छ । आफूहरूले भूकम्प गएको चार महिना नबित्दै भूकम्प प्रभावित पहरीहरूलाई बस्ती निर्माण गरीदिए पनि सरकारले अहिलेसम्म काम अघि बढाउन नसक्दा सीताराम कट्टेलले दु:ख व्यक्त गरे ।
भूकम्प प्रभावितहरूको दयनीय स्थिती रहेको भन्दै उनले पुन: निर्माणका लागि ढिलाइ भएको जनाए । एक जोडी कलाकारले एउटा उदाहरणीय बस्ती निर्माण गरेर बाटो देखाइसकेकाले सरकारले चाहेमा यस्ता बस्ती सजिलै निर्माण गर्न सक्ने कुञ्जना घिमिरेले जनाएकी छिन् ।