महाधिवेशनपछि मुलुकको स्थायित्व र समृद्धिको नेतृत्व कााग्रेसले गर्नेछ

159

भागबण्डा अन्त्य गर्न स्वच्छ राजनीतिक प्रतिस्पर्धा र परिणामलाई स्वीकार्ने संस्कार अपनाउनुपर्छ

 

 

ड दिलेन्द्रप्रसाद बडु – प्रवक्ता– नेपाली कााग्रेस

कााग्रेसको १३औं महाधिवेशनको सन्देश के हुन सक्छ ?

नेपाली कााग्रेसको १३औं महाधिवेशनको प्रारम्भिक चरणका अधिवेशनहरू सम्पन्न भएका छन् । झण्डै पााच लाख क्रियाशील सदस्यहरू सहभागी भएर क्षेत्रीय अधिवेशनका निमित्त प्रतिनिधिहरूको छनौट भएको छ । अब २२ गते २४० वटै निर्वाचन क्षेत्रमा ३ हजार ८ सय ८० प्रतिनिधिहरूको छनौट सम्पन्न हुनेछ । एकदमै उत्साहका साथ सम्पूर्ण पार्टी पंक्ति महाधिवेशन सम्पन्न गर्न सहभागी भइरहेका छन् ।

 

 

कााग्रेसमा फेरि पनि गाउादेखि नै गुटहरू देखिए नि ?

यसलाई स्वाभाविक प्रतिस्पर्धाको रूपमा बुझ्नुपर्छ । लवि, गु्रप र समूहहरू होलान् तर जित्दादेखि नेपाली कााग्रेस १३औं महाधिवेशनबाट सिंगो सुदृढ कााग्रेस जित्नेछ । एउटा सुदृढ, सक्रिय र सबल कााग्रेस बन्नेछ । जसले अब मुलुकको राजनीतिक स्थायित्व, मुलुकमा स्थायी शान्ति र मुलुकको आर्थिक विकास र समृद्धिको अभियानको नेतृत्व गर्ने कााग्रेस तयार हुादै छ । कााग्रेस अब एउटा सुदृढ र सबल पार्टीको रूपमा उभिनेछ ।

 

 

कााग्रेसमा भागबण्डाको सास्कार कहिले र कसरी अन्त्य हुन्छ ?

सामान्यत: समूह, गुटहरू हुनु अस्वाभाविक होइन । तर यसलाई स्वस्थ ढंगले प्रतिस्पर्धात्मक रूपमा पार्टी निर्माणमा प्रयोग गर्नुपर्दछ । यो आजको आवश्यकता हो । १३औं महाधिवेशन सम्पन्न भइसकेपछि गुट र उपगुटको राजनीति सकिनुपर्छ । जसले जित्छ त्यो सिंगो कााग्रेसको जित मान्नुपर्दछ । कााग्रेसलाई त्यसरी हााक्न सक्ने नेतृत्व अब चयन हुनेछ । त्यसकारणले अबको हाम्रो आवश्यकता भनेकै हामी यो महाधिवेशनबाट मुलुकका निमित्त राजनीतिक, आर्थिक, साास्कृतिक, सामाजिक, परराष्ट्र नीति, कााग्रेस र मुलुकको राजनीतिको विषयमा छलफल गर्नेछौा । त्यसपछि एउटा नीति र कार्यक्रममा आधारित सबल कााग्रेस निस्किन्छ, यसरी बुझ्नुपर्छ ।

 

 

त्यसो भए अब नेताहरूको गुट उपगुट हुादैन ?

अवश्य पनि आफ्नो समूह रहन्छ । ईन्ट्रष्ट गु्रपहरू राजनीतिमा, लोकतन्त्रमा पार्टीहरूमा हुनुलाई स्वाभाविक रूपमा बुझ्नुपर्छ । यसलाई अस्वस्थ ढंगले पार्टीलाई अहित हुने गरी विकसित हुन दिनुहुादैन ।

 

 

तर प्रतिस्पर्धा त अस्वस्थ रूपमा भइरहेको छ नि ?

यो प्रतिस्पर्धाको स्वाभाविक पक्ष पनि त हो नि । त्यसकारण पार्टीभित्रको प्रतिस्पर्धालाई हामीले अस्वस्थ ढंगले एउटा विकृति र विभाजनमा जान दिनु हुादैन । यसलाई हामीले व्यवस्थापन गर्न सक्यौा भने र सक्छौा पनि, हामीमा त्यो शक्ति छ । हामी एउटा सिंगो सुदृढ कााग्रेस निर्माण गर्न सक्छौा, जसले भोलिको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको अभियानमा नेतृत्व गर्नेछ । हामी यसरी उत्साहित छौा । हामीले नै यो मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सम्पूर्ण पार्टीहरूलाई एक साथ सहमति सहकार्यमा ल्याएर जारी गर्‍यौा । त्यसैगरी हामी राष्ट्रिय एकता र छिमेकीहरूसति परराष्ट्र नीतिमा परराष्ट्रविद्हरूको सहमति र सहकार्य लिएर यो मुलुकको समृद्धिको यात्राको महाअभियानको नेतृत्व गर्ने कााग्रेस लिएर आउने तयारीमा छौा ।

 

 

अरु कुरा ल्याउनु होला तर तपाईंहरूले वीपी कोइरालाको लोकतान्त्रिक समाजवादलाई त छाडिसक्नु भयो नि ?

यसमा सत्यता छैन । मुलुकको समृद्धिका निमित्त प्रतिस्पर्धात्मक बजारको राजनीतिमा प्रवेश गर्नुपर्ने हुन्छ । त्यसो गर्दा कतै यो दोषारोपण भएको हामी पाउाछौा तर मुलुकको निर्माणको निमित्त हामीले यदि उत्पादनलाई प्रतिस्पर्धात्मक, राजनीतिक र अर्थनीतिमा लैजान सकेनौा भने समाजवादको लक्ष्य प्राप्त गर्न सकिादैन । वितरण न्यायपूर्ण गर्नुपर्दछ । समाजवादी अवधारणाले वितरणलाई प्रमुख रूपमा ध्यान दिएको हुन्छ । तर समग्र मुलुकको उत्पादन बढाउनको निमित्त प्रतिस्पर्धात्मक बजार नीतिमा गएका कारणले लाञ्छना लागेको छ तर सत्यता त्यो होइन । हामी वितरणमा लोककल्याणकारी वितरण र तल्लो तहसम्मको समृद्धिलाई लक्ष्य बनाएर जानेछौा । यस पटकको आर्थिक नीति त्यसमा केन्द्रित हुनेछ । कााग्रेस भोलि त्यो लाञ्छनाबाट पनि मुक्त हुादै छ ।

 

 

यस पटकको महाधिवेशनले कााग्रेसको विचारमा आमूल परिवर्तन गर्छ ?

हामी यसपटक त्यो तयारीमा छौा, कार्यक्रम तयार हुादै छ । एउटा समसामयिक र मुलुकका लागि आवश्यक आर्थिक नीति तय गर्दै छौा ।

 

 

वर्तमान सभापति सुशील कोइरालाको कार्यकाल सफल कि असफल ?

उहाा पूर्णत: सफल सभापति हो । किनकि यो मुलुकको यत्रो ठूलो राजनीतिक अभियान जसले जनतालाई सार्वभौमसत्ता बनाएको छ । जनताले आफ्नो संविधान आफौ बनाएको घटनाको नेतृत्व गर्न उहाा सफल हुनु भयो । समग्र पार्टीहरूलाई एकसाथ उभ्याउन सफल हुनु भयो । जुन राष्ट्रिय एजेण्डा मुलुकमा थियो त्यसमा उहाा पूर्णत: सफल हुनु भएको छ । पार्टीलाई एकसाथ हिाडाएर अन्य पार्टीहरूलाई पनि आफ्नो गन्तव्यमा पुर्‍याउनु भयो र एउटा लोकतान्त्रिक संविधान बनाउन सफल हुनु भएको छ । २००७ सालको पार्टीको एजेण्डालाई हामै्र सभापतिको नेतृत्वमा निष्कर्षमा पुर्‍याएका छौा ।

 

 

नेता केवी गुरुङ्गले १२औं महाधिवेशनको नेतृत्वले पार्टी र सरकार दुवै फााटमा सम्झन योग्य कुनै काम गर्न सकेन, कम्युनिष्टहरूसाग सहकार्य गरेर सर्वहाराकरण गर्‍यो भनेर टिप्पणी गर्नुभएको छ नि ?

हामीले सबै राजनीतिक पार्टीहरूसाग सहकार्य नगर्ने हो भने यो मुलुकको समृद्धिको यात्रा पूरा हुन सक्दैन । स्वच्छ प्रतिस्पर्धाको राजनीतिमा हामी सबैसाग सहकार्य गर्छौा । तर त्यो प्रतिस्पर्धात्मक सहकार्य हो । हामीले त्यसरी सहकार्य नगरेको भए मुलुकलाई संविधान दिन सक्ने अवस्था थिएन । त्यसकारणले पनि यो सहमति सहकार्य र एकताको अभियान हाम्रा लागि मार्गदर्शक रहन्छ । अहिले त्यो सहकार्य गर्न अक्षम रह्यो, अहिलेको सरकारले मुलुकलाई स्थायित्व दिन सकेको छैन ।

 

 

उहााले पार्टीले सर्वनाशको बाटो रोज्यो भन्नु भएको छ नि ?

यसमा कुनै सत्यता छैन । आधारहीन यस्तो किसिमको लाञ्छना लगाउनु धेरै अन्याय हुन्छ । त्यसकारणले मुलुकको समृद्धि, आर्थिक विकासको बाटोको अब हामीले नेतृत्व गर्छौ । हिजो राजनीतिक स्थायित्व सबै पार्टीहरूको राष्ट्रिय एजेण्डा थियो । यो ७ सालको कााग्रेसको एजेण्डा पूरा गर्न ऐतिहासिक रूपमा हामी सफल भएका छौा । यो त हाम्रा लागि आत्मगौरवको विषय हो । यत्रो उपलब्धिलाई हामीले अवमूल्यन गर्‍याौ भने त्यो ठूलो अन्याय हुन्छ ।

 

 

प्यानल बनाएर चुनाव लड्दा भागबण्डाको राजनीति हट्छ कि बढ्छ ?

प्रतिस्पर्धामा प्यानलहरू हुन्छन । प्रतिस्पर्धामा समूह उपसमूहहरू होलान् । तर त्यो एक स्वस्थ ढंगले, सबल पार्टी निर्माणका निम्ति प्रतिस्पर्धा हो, यसलाई त्यसरी बुझौा । परिणाम आइसकेपछि भागबण्डामा जान दिनुहुादैन । जित्नेले सबैलाई समेट्नुपर्छ, हार्नेले जित्नेलाई सहयोग गर्नुपर्छ । यसरी गयौा भने हामी भागबण्डालाई अन्त्य गर्न सक्छौा । भागबण्डाको अन्त्यको लागि पनि स्वच्छ राजनीतिक प्रतिस्पर्धा र परिणामलाई स्वीकार्ने सास्कार अपनाउनु पर्छ । हामीले अब पार्टीलाई त्यतातिर लक्षित गरेका छौा । यो अधिवेशनपछि औपचारिक रूपमा भागबण्डाको अन्त्य हुनेछ र बलियो सुदृढ पार्टी निर्माण गर्छौा ।

 

 

अबको पार्टी सभापतिचाहिा को नि ?

जसले जित्छ ऊ हाम्रो सभापति हुन्छ । अब हामीले बहुमतका साथ पार्टीलाई जितमा परिणत गर्छौा र सिंगो, सबल, सुदृढ पार्टीको रूपमा पार्टीलाई आर्थिक विकासको एजेण्डामा केन्द्रित गर्छौा । यो पार्टी निर्माणमा हामी छौा र जसले हार्ने पनि एक साथ लिएर अघि बढ््छ ।

 

 

सुशील कोइरालाले सभापति पदमा उम्मेदवारी दिनुहुन्छ ?

अवश्य पनि, उहााले पनि उम्मेदवारी दिन सक्नु हुन्छ । अहिले यो समय आइसकेको छैन । अहिले भइरहेको बहस प्रारम्भिक बहस हो । एक समय आएपछि परामर्शका साथ सहमतिमा एउटा बलियो टिमको तयारी अवश्य पनि हुनेछ । अहिले जति नाम सुनिए पनि एउटा समयपछि मैदानमा रहने जुन नेतृत्व हो तयारीको अवस्था हो । अहिले धेरै नाम सुनेका छौा, तयारीपछि एउटा ठाउामा उभिनेछन् । अहिले ७ जनाको उम्मेदवारी घोषणा छ तर सबै अन्तिम समयसम्म रहादैन ।

 

 

तपाईचाहिा कतातिर हुनुहुन्छ नि ?

म नेपाली कााग्रेसको संस्थापनपक्षमा नै छु । यसलाई लुकाउनु पर्दैन । केन्द्रीय सदस्यमा म पनि उम्मेदवारी दिन्छु । संस्थापन पक्षबाट एउटामात्रै उम्मेदवारी हुन्छ ।

 

 

कााग्रेसले मधेस समस्या समाधानको लागि आवश्यक ध्यान नदिएको हो ?

होइन, हामीले त अहिले पनि ध्यान दिइरहेका छौा । अहिले मात्रै होइन, हामीले सुरुदेखि नै ध्यान दिइरहेका छौा । संविधान निर्माण भएपछि जसरी मधेस आन्दोलन विकसित भयो, त्यसलाई मत्थर गरेर आन्दोलनलाई संसदमा पुर्‍याउने र त्यसलाई संसदीय अभ्यासबाट, राजनीतिक तहबाट वार्ता र संवादबाट यो समस्याको समाधान हुनुपर्छ भन्ने कााग्रेसको धारणाले आज यहाासम्म पुगेका छौा । कााग्रेसको यो मार्गचित्रले हामी यहाा पुगेका छौा । भविष्यमा पनि हामी वार्ता र संवादबाट बााकी विषयहरू हामी समाधान गर्छौा । मधेसको आन्दोलनको जुन प्रमुख विषय थियो, समानुपातिक समावेशिता र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण यो पूरा भएको छ । सबै पार्टीलाई साथ लिएर अबको समस्याको समाधान पनि कााग्रेसले गर्न सक्दछ यो बुझ्न जरुरी छ । अहिलेको सरकारको नेतृत्वले समाधानमा त्यति रुचि लिएन कि त्यतिकै समयमात्रै बिताइरहेको छ कि भन्ने आशंका छ । यसरी जान दिनु हुादैन । यो समस्याको समाधान वार्ता र संवादबाट हामीले छिटोभन्दा छिटो खोज्नुपर्छ ।

 

 

महाधिवेशनपछि कााग्रेसले सरकार परिवर्तन गर्छ ?

सबै समस्या समाधानको नेतृत्व अब कााग्रेसले गर्नुपर्ने हुन्छ । राजनीतिक स्थायित्व राष्ट्रिय अन्तर्राष्ट्रिय समर्थनलाई विकसित गर्न सक्ने र राष्ट्रिय एकता निर्माण गर्न सक्ने पार्टी कााग्रेसमात्रै हो भन्ने कुरा प्रमाणित भएको छ । यो हामीले संविधान बनाउादै स्थापित गरेका छौा । अबको यसको पूर्णता र मुलुकको समृद्धिको नेतृत्व कााग्रेसले गर्नुपर्छ भन्ने जनविश्वास स्थापित भएको छ । हामी त्यसको प्रतीक्षामा छौा । मुलुकको स्थायित्व र समृद्धिको नेतृत्व कााग्रेसले गर्दै छ र त्यसको तयारी हो यो १३औा महाधिवेशन ।

 

 

– प्रस्तुति ऋषि धमला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here