काश्मिर समस्या समाधानमा पाकिस्तानको जोड

209

काठमाडौ÷नेपालको तराई क्षेत्रलाई स्थिर बनाएर टुक्र्याउन लामो समयदेखि प्रयासरत भारतले आफ्नो स्वसासित क्षेत्र काश्मिरका जनताहरुलाई समेत आत्म निर्णयको अधिकार नदिएको भन्दै उनीहरुलाई आत्मनिर्णयको अधिकार दिनुपर्नेमा पाकिस्तानले जोड दिएको छ । काश्मिर ऐक्यबद्धता दिवसका अवसमा नेपालस्थित पाकिस्तानी दुतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी दुतावासका कन्सुलर जावेद उमरानीले यस्तो जनाएका हुन् ।

नेपालका लागि पाकिस्तानी राजदुत मजहर जावेदको उपस्थितिमा बोल्दै कन्सुलर उमरानीले क्षेत्रीय समस्या समाधानबाट मात्र दक्षिण एशियामा शान्ति र समृद्धि हुनसक्ने जनाएका छन् । उनले पाकिस्तानी प्रधानमन्त्रीले क्षेत्रीय शान्ति स्थिरता र दिगो विकासमा जोड दिएको भन्दै काश्मिर समस्या समाधानबाट मात्र क्षेत्रीय शान्ति कायम हुने जनाएका थिए । उमरानीले काश्मिरिहरुलाई आत्म निर्णयको अधिकार दिइने छ भनेर अन्तराष्ट्रिय समुदाय तथा संयुक्तराष्ट्र संघ समक्ष समेत १९४८ मै प्रतिवद्धता व्यक्त गरिएपनि सात दशकसम्म पनि उनीहरुलाई आत्म निर्णयको अधिकार नदिएको भन्दै उनीहरु आफ्नो अधिकारबाट बन्चित बनिरहेको जनाए ।

उनले काश्मिरिहरुलाई अधिकार दिनुको सट्टा भारतीय पक्षबाट दमन तथा हिंसा गरिरहेको आरोप लगाए । कन्सुलर उमरानीले काश्मिरिहरुले अधिकारका लागि गरेको शान्तिपूर्ण संघर्षमा पाकिस्तानको पनि सहयोग र समर्थन रहेको जानकारी दिए । सो अवसरमा उनले काश्मिरमा मानवअधिकार उल्लंघनका दुःखद घटनाहरु भएको भन्दै सन १९८९ देखि हालसम्म ९४ हजार मानिस मारिएका, १० हजार महिला बलत्कृत भएका र एक लाख भन्दा बढी घरहरु ध्वस्त बनाइएका विवरणहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा पाकिस्तानी राष्टपति मेनन हुसेन र प्रधानमन्त्री नवाज सरिफका तर्फबाट दिइएको मन्तव्य पनि प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here