नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल
सुशील कोइराला हामीबीच हुनुहुन्न तर तपाईंले उहाासाग पछिल्लो समयमा देशको राजनीतिको विषयमा गर्नुभएको के कुराकानी स्मरण छ ?
पछिल्लो समयमा हामीबीचको कुराकानी भनेको मधेसमा भइरहेको जुन आन्दोलन छ, मधेसी मोर्चाले जुन ढंगले आन्दोलन सञ्चालन गरिरहेको छ र नाकाबन्दीले जुन समस्या ल्याइरहेको छ त्यसबाट कसरी मुक्ति दिने ? भूकम्पले मुलुकलाई जुन क्षति पुर्याएको छ, पुनर्निर्माणको कामलाई कसरी अगाडि बढाउने भन्ने विषयमा हामीहरूबीच कुराकानी भएको थियो । उहाा मुलुकको यो अवस्थाप्रति बढी नै चिन्तित हुनुहुन्थ्यो । मैले उहाामा यी समस्या छिटो समाधान होस् भन्ने चाहना रहेको पाएको थिए ।
हामीले सुशील कोइरालाको रूपमा कस्तो नेता गुमायौा ?
एउटा अति नै असल नेता, सादा जीवनका हिमायती, लोकतन्त्र र प्रजातन्त्रप्रति निष्ठावान् योद्धा हामीले गुमायौा । यो देशप्रति चिन्ता व्यक्त गर्ने एक नेता हामीले गुमायौा । इतिहासको लामो कालखण्डदेखि आफूलाई निरन्तर रूपमा राजनीतिमा समर्पित गरिरहेको एउटा योद्धालाई हामीले गुमायौा ।
सुशील कोइरालको नेतृत्वमा आएको संविधान कसरी कार्यान्वयन गर्नुहुन्छ ?
सुशील कोइरालाकै जीवनकालमा नै संविधानको कार्यान्वयनको प्रक्रिया सुरु भइसकेको छ । त्यसको श्रेय उहाालाई पनि जान्छ । उहााले नै संविधानको कार्यान्वयनको सन्दर्भमा पहिलो संशोधन विधेयक प्रस्तुत गर्नुभएको थियो । उहााकै नेतृत्वको सरकारले त्यसमा पहल गरेको थियो । दोस्रो उहााले सरकारबाट राजीनामा दिएर मार्गप्रसस्त गर्नुभएको थियो । जसको कारणले नयाा प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन भएको थियो । संविधान कार्यान्वयनका कतिपय काम अगाडि बढिसकेका छन् अब बााकी काम गर्नुपर्छ । स्थानीय निकायको चुनावदेखि अनेक कामहरू गर्न बााकी छ । यी सबै चुनौतीपूर्ण कामहरूलाई अगाडि बढाउनका लागि उहाासहित जुन संकल्प र दृढताका साथ हामी अगाडि बढेका थियौा । त्यसैको साथ अगाडि बढ्नुपर्ने हुन्छ ।
हाम्रो मुलुकमा जिउादो हुन्जेल निन्दा गर्ने मृत्युपछि किन यति धेरै प्रशंसा ?
त्यस्तो हुादैन हिजो सुशील कोइरालाको निन्दा नै निन्दा गर्थे र ? मेरो केपी ओलीको निन्दा नै निन्दा गरेका छन् र छैनन् नि । नेपालीमा एउटा परम्परा भएको छ एउटाले बोलेपछि सबैले त्यसलाई दोहोर्याउने । त्यस्तो होइन, जहाा पनि के हुन्छ भने राम्रो पक्षको अलि थोरै र कमजोरी पक्षको अलि धेरै चर्चा गर्छन् । त्यसमा पनि आफ्नो पार्टीभित्र आफू पक्षधरहरूले अलि बढी प्रशंसा गरिरहेका हुन्छन् । नराम्रा कुराहरूलाई छोपिरहेका हुन्छन् । विरोधीहरूले सकारात्मक कुराहरूलाई अलि कम चर्चा गर्छन् । आलोचनाका पक्षहरूलाई अलि हाइलाइट गरेर भन्छन् । यसलाई अस्वाभाविक रूपमा लिनु हुादैन । नेपाली समाजले विश्लेषण गर्नै सक्दैन कि भन्ने होइन । विभिन्न ठाउा र किसिमका क्रिया प्रतिक्रियाहरू सुन्दा मलाई अलि अतिवादी जस्तो हो कि भन्ने जस्तो लाग्छ ।
असल व्यक्तित्वको सम्मान नभएको त हाम्रो देशमा धेरै उदाहरण छ नि ?
सम्मान नगर्नेले नगर्लान् । सबै विषयहरूलाई नकारात्मक रूपमै लिनुपर्ने कुरा छैन । आफू इमानदार हुनुपर्दछ, आफ्नो मन सन्तुष्ट हुनुपर्दछ, कर्तव्यनिष्ठ हुनुपर्दछ, समर्पण भाव हुनुपर्दछ, देशभक्तिको भावना हुनुपर्दछ, जनताप्रतिको उत्तरदायित्वको प्रगाढ भावना हुनुपर्दछ । यी विषयहरू छन् भने दुनियाामा कति आलोचक छन्, कति विरोधी छन्, उनीहरूको कुरा सुनेर हिाड्नु हुादैन । रवीन्द्रनाथ टैगोरले भनेका थिए ‘एक्ला चलो रे एक्ला चलो रे ।’ अगाडि बढ, तिम्रो काम हो अगाडि बढ्ने, तिम्रो काम हो मिसन पूरा गर्ने, तिम्रो काम हो मानव जातिको सेवा गर्ने, तिम्रो काम हो मानवजातिको कल्याण गर्ने । त्यो कल्याण गर्ने काम गरौा, कसले के भन्छ त्यो सुनेर हिाड्ने हो भने तिम्रो दिमाग पनि खराब हुन्छ, तिम्रो काममा पनि बाधा गर्छ । सुशील कोइरालाले रवीन्द्रनाथ टैगोरले भने जस्तै गर्नुभयो ।