उत्कृष्ट करदातामा सम्मानितबाटै करछली

124

काठमाडौं/ मदिराजन्य पदार्थको कारोबार गर्ने सिद्धिगणेश इन्टरप्राइजेजले करछली गरेको प्रमाण आन्तरिक राजस्व विभागले फेला पारेको थाहा भएको छ । विभाग सूत्रअनुसार सिद्धिगणेश इन्टरप्राइजेजले विभिन्न फर्जी विवरण बनाएर करछली गरेको पाइएको छ । आम्दानी कम देखाउने र ब्याज आम्दानीलाई लुकाएर विवरण पेस गरेको पाइएपछि प्रोप्राइटर प्रगुण राजभण्डारीमाथि अख्तियारले निगरानी बढाएको छ ।

 
यसैबीच मदिरा उत्पादक कम्पनी एसियन डिष्ट्रिलरी पनि करछलीमा तानिएको छ । आन्तरिक राजस्व विभागले एसियन डिष्ट्रिलरीका प्रबन्ध निर्देशक जय शाहबाट लगभग ४ करोड जति कर छली भएको प्रमाण फेला पारेको स्रोतले जनाएको छ । स्मरणीय छ, जय शाह र प्रगुण राजभण्डारी आ.व. २०७०/०७१ मा उत्कृष्ट करदाताको रूपमा आन्तरिक राजस्व विभागबाटै सम्मानित भएका थिए । सम्मान पाएपछि करछली गर्ने प्रमाणपत्र पाएझैं गरी यी दुवैले कर छल्ने काम गर्न थालेपछि दुवै जना कारबाहीको दायरामा तानिादै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here