फेसबुकमा लभ गरेको व्यक्ति आफ्नै श्रीमान् !

243

पछिल्लो समय भारतमा पनि अनौठा घटनाहरू घट्न थालेका छन् । यो घटना हो भारतको बरेली भन्ने ठाउाको । घटनाअनुसार बरेलीको मणिनाथ निवासी एक पुरुषले फेसबुकमा एउटी युवतीलाई साथी बन्न रिक्वेस्ट पठाए । युवतीले उनको रिक्वेस्ट स्वीकार गरिन् र दुवै जनाबीच मित्रता बढ्यो ।

 
६ महिनासम्म उनीहरू च्याटमा कुराकानी गरिरहे । विस्तारै उनीहरूको सम्बन्ध प्रेममा परिणत भयो । त्यसैले उनीहरूले भेट गर्ने योजना बनाए । उनीहरूले एउटा रेष्टुरेन्टमा भेट गर्ने निर्णय गरे । उनीहरू गत शनिबार आयुब खान चोकस्थित एउटा रेष्टुरेन्टमा भेट गर्ने योजना बनाए । जब निर्धारित समयमा युवती रेष्टुरेन्टमा पुगिन् तब त्यहाा उनकै श्रीमान् बसेका थिए ।

 
यो देखेर उनीहरू दुवैको होस हवास हरायो । पहिला त रेष्टुरेन्टमै हंगामा खडा भयो । त्यसपछि त्यो घरभित्रसमेत प्रवेश भयो । त्यसपछि युवतीले आइतबार मणिपुर प्रहरी कार्यालयमा पुगेर आफ्नो समस्या पोखिन् र यो घटना बाहिर आयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here