यस्तो बेलामा बाबुरामलाई नलेखेर कसलाई लेख्ने ?

202

–निमकान्त पाण्डे–


 

 
‘डा.बाबुराम भट्टराई गैरकम्युनिष्ट भइसके भनेर स्वयम्ले उद्घोष गरिसकेपछि सच्चाएर कम्युनिष्ट बनाउन सकिादैन, किन उनीकै बारेमा लेखिरहेको ?’ मेरा केही शुभेच्छुक मित्रहरूले मलाई यस्तै प्रश्न गरिरहेका छन् । मलाई भने बाबुरामको विगत सम्झादा उनी गैरकम्युनिष्ट बन्न सक्दैनन् भन्ने लागिरहन्छ । बाबुराम भ्रमित हुन सक्छन् तर गैरकम्युनिष्ट बन्लान् भनेर मलाई विश्वास लाग्दैन । कम्युनिष्ट भनेको परिवर्तनलाई पछ्याउने पात्र हो भनेर मैले बुझेको छु । म त भन्छु प्रत्येक परिवर्तनप्रेमीहरू कम्युनिष्ट हुन् । बाबुरामले परिवर्तनविरुद्ध आफूलाई उभ्याउन सक्लान् भनेर विश्वास गरिहाल्न मलाई सजिलो लागिरहेको छैन । परिवर्तनलाई स्वीकार्न नसक्ने मात्र कम्युनिष्ट हुन सक्दैन । बाबुरामको बुझाइमा कम्युनिष्टहरू ढोंगी हुन् । म दाबाका साथ ठोकुवा गर्न सक्छु, ढोंगीहरू कम्युनिष्ट बन्नै सक्दैनन् । बाबुरामजीे त्यही ढोंगीको कित्तामा आफूलाई उभ्याउन कसरत गरिरहेका छन् । तर सम्भावना त्यति बलियो छैन । बाबुरामको पछि लाग्नेहरू परिवर्तनप्रेमी नै छन् ।

 
बाबुरामजीले जनयुद्धमा जानुभन्दा केही वर्ष पहिले लेखेका थिए, ‘भारतीयहरूभन्दा पनि भारतभक्त नेपालीलाई देख्दा लाज लागेर आउाछ’ यस्तो लेख्ने बाबुराम कसरी भारतभक्त हुन सक्लान् भनेर मैले विश्वास गर्ने ? बाबुराम प्रधानमन्त्री बन्नुभन्दा एक महिनाअगाडि मैले बाबुरामसाग उनकै निवासमा अन्तरंग वार्तालाप गरेको थिएा । वार्ताका दौरानमा विगतका घटनाक्रमहरू र सन्दर्भहरूबारे छलफल गरियो । मैले बाबुरामजीलाई भारतपरस्तको आरोप पखाल्न सुझाव राखो । बाबुरामले सगर्व भने, ‘भारतीय नेताहरूसाग टाउको नझुकाएर कुरा गर्नसक्ने नेपाली नेताहरूमा गिरिजा कोइराला थिए, उनी नरहेपछि त्यस्तो व्यक्ति आफू मात्र छु ।’ मलाई बाबुरामको यो अभिव्यक्तिमा अहंकारको झल्को मिल्यो । तैपनि मैले सुझाव थपो, ‘भारतीय नेताहरूसाग टाउको नझुकाएर कुरा गर्न सक्ने भए, सन् १९५० को नेपाल–भारत सन्धिको धारा ८ ले खारेज भएको नेपाली र बेलायती शासकहरूबीच भएको र सन् १८१६ को सुगौली सन्धिबाट गुमेको नेपाली भूमि फिर्ता दिनुपर्‍यो भनेर भारतीय नेताहरूसाग प्रस्ताव गर्न सक्नुपर्‍यो डा.साब !’ मैले यसो भनिरहादा डा.बाबुराम चूपचाप बसिरहे ! बेलायती शासकहरूले साम्राज्य विस्तारका दौरानमा कब्जा गरेका हङकङ र मकाउ समेत स्वतन्त्र छोडिसकेका छन् । भारतलाई स्वतन्त्र छोड्दा बेलायती साम्राज्यवादीहरूले कब्जा गरेको नेपाली भूमि किन नेपाललाई फिर्ता नगरी भारतलाई दिएर गए भनेर मैले प्रश्न गरें । यो प्रश्नले बाबुरामको अहंकारलाई झुकाइरह्यो । उनी बोलेनन् । भारतीय स्वतन्त्रता आन्दोलनमा नेपालका दर्जनौं नेताहरूले महात्मा गान्धीको ‘जेल भरो’ आन्दोलनलाई सहयोग गरेर बेलायती शासकहरूको कैदी जीवन बिताएका हुन् । के भारतको स्वतन्त्रताका लागि मात्र नेपाली नेताहरूले जेल जीवन बिताएका होलान् त ? यो प्रश्न भारतीय नेताहरूसाग टाउको ठाडो बनाएर डा.बाबुराम भट्टराईले गर्नसके मात्र बाबुरामको भनाइमा अहंकार मात्र रहेनछ यथार्थ नै रहेछ भनेर विश्वास गर्न सकिएला । नत्र बाबुरामले अरु भारतभक्त कसैलाई संकेत गरेर लेखेझौ बाबुरामको भारतभक्ति देखेर मलाई ‘खसीले आची खायो’ भनेर आश्चर्य व्यक्त गर्नुबाहेक अर्को विकल्प छैन ।

 
अब अलिकति विषयान्तर गर्न चाहन्छु । बाबुराम मेरा मित्र हुन्, तर मलाई बाबुराम मेरा मित्र हुन् भन्नै पनि लज्जाबोध भइरहेको छ । कथित नयाा शक्तिको एउटा बैठक बस्दा डेढ लाख रूपैयाा व्यवस्था गर्नसक्ने बाबुरामले छोरी मानुषीको बिहेभोजमा मलाई निम्तो गरेनन् । उनले भारतीय राजदूत रणजीत रायलगायतका विभिन्न साम्राज्यवादी मुलुकका कूटनीतिक व्यक्तित्वहरूलाई बोलाएर ‘कम खर्चिलो’ बिहे गरेको सन्देश दिने मूर्खता प्रदर्शन गरे । छोरी मानुषीलाई शिक्षादीक्षा गराउनु नै सबैभन्दा ठूलो र महत्वपूर्ण दाइजो हो भन्ने यथार्थलाई बाबुरामले स्थापित गराउन सकेनन् । बाबुरामको कम खर्चिलो छोरीको बिहेभोजलाई मजाक उडाउने गरी उनको नयाा शक्तिका सहयात्री बनेका विश्वकै अर्बपतिको सूचीमा सूचीकृत विनोद चौधरीको वैशाखी नै काफी छ । विनोद चौधरी जस्ता विश्व धनपतिको आडमा खोलिएको ‘नयाा शक्ति’लाई खर्चको कुनै कमी हुन सक्दैन ।

 
त्यसैले छोरी मानुषीको सामान्य र कम खर्चिलो बिहे गरेको सन्देश सम्प्रेषण गर्न खोज्नु डा.बाबुराममा लुकेको ढोंगीपन हो भनेर ठोकुवा गर्न सकिन्छ ।

 
बाबुरामबारे लेखेर अब सााच्चिकै उनलाई सुधार्न सम्भव छैन । बाबुरामलाई उनले जनयुद्धमा मर्न लामबद्ध गराइएका योद्धाहरूले लखेटी–लखेटी मार्नेछन् । जनयुद्धमा कोख रित्तिएका, जनयुद्धमा छोराछोरी गुमाएका, जनयुद्धमा पति–पत्नी गुमाएका र जनयुद्धमा ठूलो सपना देखेर बाबुरामलाई ठूलो नेता बनाएर गद्दार बनाउन मृत्युवरणको लागि लामबद्ध भएका सबैले बाबुरामको नयााशक्तिको भारतभक्ति देखेर माफी देलान् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here