राजनीतिक संयन्त्रप्रति महतोको असन्तुष्टि

209

काठमाडौं/ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले गठन गरेको राजनीतिक संयन्त्रप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सरकारले भारतलाई झुक्याउनका लागि मात्र राजनीतिक संयन्त्र बनाएको आरोप लगाएका छन् ।
सद्भावना पार्टीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई झुक्याउनका लागि एकपक्षीय रुपमा संयन्त्र गठन गरेको भन्दै आफू संयन्त्रमा नअल्झिने जनाएको हो । महतोले कार्यक्षेत्रविनाको संयन्त्र टिप्पणी गर्न लायकको नभएको जनाएका छन् । सरकारले राजनीतिक संयन्त्र परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा गठन गरेता पनि बााकी सदस्यहरुको टुंगो नलागेको तथा कार्यक्षेत्र नै नतोकिएकाले संयन्त्र सीमांकनको विवाद टुंग्याउने संयन्त्रजस्तो नभई मधेसी र भारतलाई झुक्याउने षड्यन्त्रजस्तो बन्न पुगेको उनले जनाए ।
मन्त्रिपरिषद्ले प्रधानमन्त्री ओली भारत जाने अघिल्लो दिन फागुन ६ गते बेलुका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको थियो । संयन्त्रको कार्यक्षेत्र र सदस्यहरुको भने टुंगो लागेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here