हालै ६ दिने भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण सफल भएको र दुई मुलुकबीच केही समययता देखिएको तिक्ततासमेत अन्त्य भएको जनाएका छन् । आफ्नो भारत भ्रमणका बेला मुलुकको अहित हुने कुनै पनि सम्झौता नगर्ने प्रण गरेका प्रधानमन्त्री ओलीले देखिने गरेर मुलुकको अहित हुने किसिमको सम्झौता गरेको देखिएको छैन तर उनले भारतीय समकक्षी मोदीसाग गोप्य रूपमा गरेको ‘वान टु वान’ कुराकानीले भने केही आशंका जगाएको छ ।
भारतले अघोषित रूपमा करिब चार महिनाभन्दा बढी समयसम्म लगाएको नाकाबन्दी र मधेश आन्दोलनपश्चात् चिसिएको नेपाल–भारत सम्बन्धलाई पहिलेकै अवस्थामा लैजानका लागि ओलीको भ्रमण फलदायी भएको ओलीले दोहोर्याउादै आएका छन् । अर्काेतर्फ भारतीय पक्षले पनि ओलीको राम्रैसाग खातिरदारी गरेको देखियो । भारतले गरेको ओलीको खातिरदारी चिसिएको सम्बन्ध सुधारका लागि हो या ओलीलाई फकाएर आफ्नो स्वार्थमा प्रयोग गर्नका लागि हो भन्ने विषय सहजै अनुमान गर्न अवश्य पनि गाह्रो छ । तर सामान्यतया आफ्नो अडानमा अडिग रहेको जस्तो देखिएका ओलीले मोदीसाग गोप्य रूपमा गरेको भेटघाटले आम नागरिकमा आशंका पैदा गरेको छ र गर्नु स्वाभाविक नै छ । किनभने ओली र मोदीका बीच झण्डै ४० मिनेट गोप्य भेटघाट भएको छ । झण्डै पौने एक घण्टा भएको उक्त गोप्य भेटघाटमा दुई प्रधानमन्त्रीबीच पारिवारिक छलफल हुने कुरा भएन । दुई मुलुकका आपसी हितका कुरा गर्दा लामो समयसम्म गोप्य छलफल गर्नुपर्ने आवश्यकता देखिादैन । त्यसैले ओलीको उक्त भेटलाई विश्लेषकहरूले समेत शंकास्पद भएको जनाएका छन् ।
हुन त विगतमा पनि भारतको भ्रमण गर्ने प्रधानमन्त्रीहरूले मुलुकको अहित हुने कुनै सन्धि नगरेको दाबी गर्ने गर्थे तर भ्रमणको लामो समयपछि मात्र भारतको स्वार्थअनुसार मुलुकको अहित हुने किसिमका सन्धिसम्झौतामा हस्ताक्षर गरेका घटनाहरू सार्वजनिक हुने गरेका थिए । त्यसैले अहिले पनि ओलीले मुलुकको हितविपरीतका सन्धिसम्झौतामा हस्ताक्षर गरेको छैन भनेर पत्याइहाल्ने अवस्था पनि छैन । उनको विगत आफौमा धमिलो छादै छ । त्यसैले उनको वर्तमानलाई पनि सहजै विश्वास गर्नसकिने अवस्था छैन । तथापि उनले यदि गोप्य भेटघाटका क्रममा कुनै लिखित सम्झौतामा हस्ताक्षर गरेका छन् वा उनलाई त्यस्ता सम्झौता गर्न बाध्य बनाइएको छ भने त्यसलाई खुलस्त रूपमा भन्न सक्नुपर्छ । विगतमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर भारत भ्रमणमा गएका बाबुराम भट्टराईले पनि आफूले बिप्पा सम्झौता गरेर जुवा खेलेको अभिव्यक्ति दिएका थिए । यदि यस्ता कुनै सम्झौता भएका छन् भने जनतालाई भ्रममा पार्ने काम प्रधानमन्त्रीले गर्नु हुादैन । किनभने विगतमा राजा महेन्द्रले समेत पञ्चायती व्यवस्था टिकाउनका लागि कालापानी भारतलाई बुझाएको आरोप लाग्ने गर्छ । यस्तै कुनै स्वार्थका लागि ओलीले गोप्य रूपमा कुनै सम्झौतामा हस्ताक्षर गरेका भए खुलस्त जनतासमक्ष वास्तविकता बताउन जरुरी छ । यदि उनले पहिले भनेजस्तै आफू आफ्ना अडानबाट विचलित भएका छैनन् भने त्यो झन् गर्व र खुसीको कुरा हो । तथापि उनले मोदीसाग लामो समयसम्म गरेको भनिएको गोप्य वार्ताले उनी कतै चुके कि भन्ने आशंका जन्माएको छ । यसलाई प्रष्ट पार्नु नै उनको हितमा हुनेछ ।