प्रधानमन्त्री ओलीको भ्रमणबाट भारत असन्तुष्ट भएको संकेत

171

काठमाडौं/ हालै भारत भ्रमण गरेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसागको सम्बन्धमा सुधार आएको दाबी गरेका छन् । तर ओलीलाई रिझाएर आफ्नो स्वार्थअनुसार काम गराउन खोजेको भारतले ओलीबाट अपेक्षाअनुसार काम गराउन नसकेपछि असन्तुष्ट बनेको हालै उसले सार्वजनिक गरेको बजेटमा नेपाललाई सहयोग रकम कटौती गरेबाट पनि स्पष्ट भएको छ । हुन त ओलीको भ्रमणपछि नेपालमा इन्धनको आपूर्तिमा सहज हुने अनुमान गरिएको थियो । तर अझै पनि इन्धन सहज नहुनुले ओलीको भ्रमणबाट भारत सन्तुष्ट नभएको अनुमान गरिएकै बेला भारतले सोमबार जारी गरेको बजेटमा यस्तो संकेत पाइएको छ । भारतका वित्तमन्त्री अरुण जेटलीले भारतको तल्लो सदन लोकसभामा सन् २०१६/०१७ का लागि प्रस्ततु गरेको बजेटमा नेपाललाई दिइने सहयोगमा कटौती गरिएको हो । भारतले गत आर्थिक वर्षमा चार सय २० करोड भारतीय रूपैयाा सहयोग छुट्याएकोमा यस वर्ष तीन सय करोड भारतीय रूपैयाा मात्र छुट्याएको छ ।

यो गत वर्षको तुलनामा ४० प्रतिशत कम रकम हो । भारतले नेपालले अनुदान दिने रकम खर्च गर्न नसकेकाले यस वर्ष विगतको तुलनामा कम रकम छुट्याइएको भारतीय पक्षको दाबी छ । तर हालै देखिएको नेपाल भारत सम्बन्ध र प्रधानमन्त्री ओलीको भ्रमणबाट समेत खासै उपलब्धि हासिल गर्न नसकेपछि असन्तुष्ट बनेको भारतले योजनाबद्ध रूपमै बजेट कटौती गरेको विज्ञहरूको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here