‘छक्का पन्जा’मा प्रियंका अनुबन्धित

268

काठमाडौं । हास्यकलाकारद्वय दीपक र दीपाले निर्माण गर्ने आगामी चलचित्र ‘छक्का पन्जा’मा नायिका प्रियंका कार्की अनुबन्धित भएकी छिन् । उक्त चलचित्रमा अहिलेकी चल्ती नायिका प्रियंकाले प्रमुख भूमिकामा अभिनय गर्ने पक्का भएको हो ।
यसअघि पनि दीपक र दीपाको टिमद्वारा निर्मित चलचित्र वडा नम्बर ६ मा नायिकाको रूपमा कार्कीले अभिनय गरेकी थिइन् । उक्त फिल्म व्यावसायिक रूपमा सफल भएपछि नायिका कार्कीलाई फेरि मौका दिन लागिएको जनाइएको छ । ‘वडा नम्वर छ’ मा काम गरेपछि हास्यकलाकारको समूहसाग प्रियंका नजिकिएकी हुन् । उक्त चलचित्रमा अभिनय गर्नका लागि प्रियंकाले आफ्नो ७ किलो वजन घटाउनुपर्ने भएको छ । अहिले प्रियंका रामबाबु गुरुङको पुरानो डुंगाको सुटिङमा व्यस्त छिन् ।
दिपाश्री निरौलाको निर्देशन रहने उक्त चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल, शिवहरि पौड्याल मुख्य भूमिकामा हुनेछन् । सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) यो फिल्ममा सहभागी हुने छैनन् । सीताराम र कुञ्जना सरसफाई कार्यक्रममा ब्यस्त भएकाले सहभागी नभएको दिपाश्रीको भनाइ छ ।
दीपक, दीपा र निर्मल शर्माको लगानीमा निर्माण हुने उक्त फिल्ममा किरण केसी, बसुन्धरा भूषाल, बुद्धि तामाङ लगायतका कलाकारले पनि अभिनय गर्ने भएका छन् । फिल्मको सुटिङ चैत ८ गते सुरु हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here