भिख माग्ने मान्छे प्रधानमन्त्रीभन्दा धनी !

749

एउटा भिखारीको कमाइ त्यस देशको प्रधानमन्त्रीको भन्दा बढी हुन्छ भन्दा जो कोहीलाई विश्वास नलाग्न सक्छ । तर बेलायतमा त्यहााका भिखारीहरूको कमाइ प्रधानमन्त्री डेभिड क्यामरुनको भन्दा बढी हुने एक संस्थाले जनाएको छ । बेलायतमा एक जना यस्तो भिखारी छ, जसले एक दिनमै ५ सय पाउण्ड अर्थात् ७६ हजार रूपैयााभन्दा बढी कमाउाछ ।
सबै प्रकारका खर्च कटाएर यो भिखारीको वार्षिक बचत दुई करोड ८ लाख रूपैयाा हुन्छ । जब कि बेलायती प्रधानमन्त्री क्यामरुनको वार्षिक कमाइ जम्मा २ करोड २७ लाख छ । कमाइ मात्रको हिसाब गर्ने हो भने त यो भिखारीले क्यामरुनले भन्दा पनि बढी कमाउादछ । उसको कुल वार्षिक आम्दानी २ करोड ७५ लाख रूपैयाा छ ।
बेलायतको विलभरह्याम्पटन सिटी सेन्टर क्षेत्रमा बसेर माग्ने गरेको उक्त भिखारीको नाम भने खुलाइएको छैन । उसले आफूलाई घरबारविहीन तथा असहाय भनेर भिख माग्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here