पैसा कमाउनलाई हिाड्नुस्

102

एक संस्थाले हिाडेबापतको पैसा दिने भएको छ । तर यो कार्यक्रम नेपालमा होइन बेलायतमा सुरु गर्न लागिएको छ । हिाड्नुको ठूलो फाइदा अब लण्डनवासीले उठाउन पाउने भएका छन् । लण्डनमा रहेको एक कम्पनीले अब हिाड्ने व्यक्तिहरूलाई पैसा दिनेछ । उनीहरूले हिडोका प्रत्येक पाइलाको हिसाब राखेर पैसा पाउनेछन् । यो कम्पनीले बेलायतबाहेक केन्या, मालावी र जापानमा पनि यस्तो सेवा ल्याउने बताएको छ ।
मानिसहरूले हिाडेको प्रमाण आफ्नो मोबाइलमा एप राखेर त्यसको प्रयोगमार्फत पेस गर्न सक्नेछन् । त्यसपछि बिटवाकिंगका तर्फबाट उनीहरूले १० हजार पाइला अर्थात् ५ माइल्स हिडोबापत १ अमेरिकी डलर प्राप्त गर्नेछन् । एक दिनमा १५ माइल्ससम्मको यात्रा गर्नेले ३ अमेरिकी डलर पाउनसक्नेछन् । त्यस एकैदिन त्यसभन्दा माथि हिाड्नेले ३ अमेरिकी डलरभन्दा बढी पाउने छैनन् । तर, बिटवाकिंगले हिाडेका मानिसहरूलाई सोझे पैसा भने दिनेछैन । यस पैसालाई यो एप्सले तोकेका पसलमा मात्रै साट्न पाइनेछ र सामान किन्न पनि पाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here