नेपालको विज्ञापनको बजारमा निर्मलराज पौडेल एउटा स्थापित र चर्चित नाम हो । वि.सं. २०४८ सालदेखि विज्ञापनसम्बन्धी व्यवसायमा आबद्ध भएका पौडेलले वेलकम एडभटाइजिङ एण्ड मार्केटिङमार्फत विज्ञापनसम्बन्धी काम गर्दै आएका छन् । नेपाली टेलिभिजनहरुमा चल्तीका झण्डै साढे पााच सय विज्ञापन निर्माण गरिसकेका उनले अहिले पनि नयाा–नयाा किसिमका विज्ञापनहरु उत्पादन, निर्माण तथा निर्देशन गरिरहेका छन् । सुरुमा सामान्य अवस्थाबाट व्यवसाय सुरु गरेका पौडेल अहिले नेपाली विज्ञापन उद्योगका पर्याय जस्तै बनेका छन् । काठमाडौंको मध्यम परिवारमा जन्मिएका पौडेल विज्ञापन व्यवसायी मात्र होइनन्, उनको योगदान नेपाली चलचित्र क्षेत्रदेखि प्यारोडी संगीतमा पनि महत्वपूर्ण रहेको छ । कैयौा चलचित्रहरुमा विभिन्न भूमिकामा समेत खेलेका उनले २०५० सालमा सर्वाेत्कृष्ट प्यारोडी कलाकारको उपाधि समेत हात पारेका थिए । सानैदेखि रमाइलो स्वभावका उनी स्कुलदेखि कलेजसम्म पनि सांगीतिक कार्यक्रमहरुमा सहभागिता जनाउाथे । पछि भने उनले विज्ञापन क्षेत्रमा लाग्ने निधो गरे । साथीभाइसागको भेटघाट र रमाइलोसागै विज्ञापन क्षेत्रमा पनि काम गरिरहेका उनी त्यतिबेला समस्यामा परे, जतिबेला उनका साथीहरुले उनलाई धोका दिए । उनले विज्ञापन व्यवसायमा लाग्दा साथीसाग मिलेर चर्काे ब्याजमा ऋण लिएर व्यवसाय सुरु गरेका थिए । तर साथीसागको सहकार्य राम्रो हुन नसकेपछि उनी केही नभर्स भएका थिए तर भर्खर–भर्खर विवाह बन्धनमा बााधिएका पौडेललाई श्रीमती नीताको हौसला साथ र सहयोगले थप अघि बढ्न साहस दियो । पछि उनले आफ्नो महत्वपूर्ण समय उक्त व्यवसायमै लगाए र अन्तत: सफल व्यवसायीका रुपमा आफ्नो छुट्टै परिचय बनाउन सफल भएका छन् ।
हुन त पौडेल सानैदेखि निकै मिहिनेती र संघर्षशील थिए । उनी सानैदेखि आफ्नो खर्च आफौ व्यवस्थापन गर्थे । उनले विज्ञापन उद्योगमा आउनुभन्दा पहिले कुखुरापालनदेखि फेन्सी पसल सञ्चालन गर्नेलगायतका विभिन्न कामहरु समेत गरिसकेका थिए । तर उनलाई विज्ञापन उद्योगले एउटा छुट्टै परिचय बनाइदियो । तर यसका पछाडि श्रीमती नीताको भूमिका पौडेलले पटक–पटक प्रशंसा गरे । उनले आफ्नो सफलताका पछाडि श्रीमतीको भूमिका सबैभन्दा बढी महत्वपूर्ण भएको जनाए । पौडेल भन्छन्, ‘मैले साथीभाइबाट ठूलो धोका पाएको थिएा । चर्काे ब्याजमा लिएको ऋणका कारण थप तनाव थियो । त्यस्तो अवस्थामा श्रीमतीको हौसला र साथले नै मैले आफूलाई सम्हाल्न सकेको हुा । उनकै कारण आज यस क्षेत्रमा केही गर्न सकेजस्तो लागेको छ ।’
पौडेलकी श्रीमती नीता पनि काठमाडौंकै ओमबहालकी स्थानीय बासिन्दा हुन् । निर्मलसाग मागी विवाह गरेपछि सुरुमा उनले घरव्यवहारको जिम्मेवारी तथा बच्चाबच्चीको हेरचाहमा समय बिताइन् । तर पछि उनी पनि श्रीमान्सागै व्यवसायमा लागिन् । नीताको पारिवारिक पृष्ठभूमि व्यावसायिक नभए पनि श्रीमान्को सहयोगका कारण उनी पनि व्यवसायमा लागेको जनाउाछिन् । अहिले नीताले वेलकम इभेन्ट म्यानेजमेन्ट तथा एड्मायर नेपालको प्रमुखका रुपमा जिम्मेवारी सम्हालिरहेकी छिन् भने वेलकम एड्भटाइजिङको आर्थिक पाटो समेत उनैले सम्हाल्दै आएकी छिन् । नीताले हाल इभेन्ट म्यानेजमेन्टसम्बन्धी महत्वपूर्ण सामाजिक गतिविधिलाई समेत व्यवस्थापन गरिरहेकी छिन् । तर यो आत्मविश्वास उनलाई एक्कासी आएको भने होइन । श्रीमान्ले उनलाई जिम्मेवारी लिनका लागि प्रेरित गरेपछि उनी जिम्मेवारी लिन तयार भइन् र अन्तत: जिम्मेवारीको सफलताका साथ बहन पनि गरिरहेकी छिन् । उनी आफूलाई व्यवसायमा लाग्न श्रीमान्को प्रेरणा, साथ र सहयोग नभएको भए व्यवसायमा लाग्न नसक्ने जनाउाछिन् । उनी भन्छिन्, ‘म जुन अवस्थामा छु, त्यसका पछाडि श्रीमान्को शत प्रतिशत साथ र सहयोग छ । नीताका श्रीमान् पनि श्रीमतीले व्यवसायमा देखाएको कुशलताको खुलेर प्रशंसा गर्छन् । उनले श्रीमतीको क्षमताको खुलेरै तारिफ गरे । हाल यो जोडीले वेलकम एड्भटाइजिङसागै वेलकम इभेन्ट म्यानेजमेन्ट र एड्मायर नेपाल नामक सामाजिक संस्थामार्फत सामाजिक कार्यमा पनि सहभागी जनाउादै आएको छ । यी कम्पनीहरुमा आफ्नोभन्दा श्रीमतीको भूमिका महत्वपूर्ण रहेको पौडेलले जानकारी दिए ।
यो जोडी व्यवसायमा जति सफल छ, पारिवारिक रुपमा पनि त्यत्तिकै सफल र सहयोगी छ । सामान्यतया व्यावसायिक जोडीहरु एकले अर्काेलाई पर्याप्त समय नदिएको गुनासो गर्छन् । तर यो जोडी भने अधिकांश समय सागै हुन्छ । उनीहरुले केही काम गर्नुपूर्व एकले अर्काेको सुझाव र सल्लाह लिन्छन् । पारिवारिक रुपमा पनि रमाइलो यो जोडीका बीचमा सामान्य ठाकठुक पनि भइरहन्छ । दुवै जनाका बीचमा सामान्य असमझदारी भए पनि पौडेलले श्रीमतीलाई तत्काल फकाएर असमझदारीलाई हटाइहाल्छन् । तत्काल रिसाउने र तत्कालै खुसी हुने यो जोडी अरुको दु:खमा पनि उत्तिकै सहयोग गर्छ । पछिल्लो समय यो जोडीले मुलुकका विभिन्न स्थानमा गएर भूकम्पपीडितहरुको सहयोग गरेको थियो । आफ्नै हातबाट पीडितहरुको घाउमा केही मलम लगाउन पाउादा सबैभन्दा ठूलो खुसी मिल्ने गरेको नीता जनाउाछिन् ।