दुनियााको सबैभन्दा ठूलो पानीजहाज

233
OA_Cutaway_Poster_v3.jpg

दुनियााको सबैभन्दा ठूलो यात्रुबाहक पानीजहाजले आफ्नो यात्रा सफलतापूर्वक सुरु गरेको छ । परीक्षणका क्रममा सुरुको तीन दिनमै यसले समुद्रमा १ हजार नटिकल माइल दूरी पार गरेको छ ।
हार्मोनी अफ दी सिज नामको उक्त पानीजहाज यति भीमकाय छ कि यसको लम्बाइ फ्रान्सको इफेल टावरको उचाइभन्दा १६५ फिट बढी छ । १ लाख २० हजार टन वजनको यो पानीजहाजको कुल लम्बाइ ११ सय ८८ फिट छ । कुल २७ सय ४७ वटा कोठा भएको यो पानीजहाज यति भीमकाय छ कि यात्रीहरूले आफ्नो कोठा खोज्नका लागि जिपिएस प्रविधिकै प्रयोग गर्नुपर्छ ।
यो पानी जहाजले एकैपटकमा ६ हजार ४१० जना यात्रु बोक्न सक्छ भने ४० किलोमिटर प्रतिघण्टाको गतिले समुद्रमा हुइाकिन्छ । यो जहाज संचालनका लागि २१ सय जना त कर्मचारी नै खटिएका हुन्छन् । १८ तले यो जहाजले अमेरिकाको न्युयोर्कको सेन्ट्रल पार्ककै प्रतिरूपलाई आफूमा समाहित गरेको छ । यसमा १० हजार ५८२ वटा स–साना वनस्पति तथा ५२ वटा २० फिट अग्लारुख समेत उमारिएको छ ।
अमेरिकी पानी जहाज निर्माता कम्पनी रोयल क्यारेबियन कम्पनीले फ्रान्सको सेन्ट नजाएरमा बनेको यो जहाजलाई गत मार्च १० मा समुद्रमा धकेलेर यात्रा सुरु गराइएको हो । यो जहाजको सुरुवाती समुद्री यात्रामा ५ सय जना यात्रु थिए । जसमा अधिकांश जहाजका कर्मचारी तथा इन्जिनियरहरू थिए । यो जहाजभित्र १६ वटा रेष्टुरेन्ट, क्याफे तथा सपिंग रहेका छन् । त्यस्तै विभिन्न सांगीतिक प्रस्तुति हुने १३८० सिट क्षमताको नाट्यशाला पनि रहेको छ । त्यस्तै यो जहाजभित्र रोबोटले ककटेल सर्भ गर्ने बारहरू पनि रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here