बहुआयामिक लुनकरणदासको ४५औं पुण्यतिथि यसरी मनाइयो

636

काठमाडौं/ नेपाली उद्योग क्षेत्रका शीर्षस्थ व्यक्तित्व स्व. लुनकरणदास चौधरीको ४५औं पुण्यतिथिको अवसरमा एक कार्यक्रम गरी उहाालाई श्रद्धाञ्जली प्रकट गरिएको छ । स्व. चौधरीकै संस्थापकत्वमा स्थापित श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिर, नर्भिक इन्टरनेशनल हस्पिटल, बसन्त चौधरी फाउण्डेसन, भूरामल लुनकरणदास कङ्लोमेरेटद्वारा संयुक्त रूपमा नर्भिक हस्पिटल काठमाडौंमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको थियो ।
श्रद्धाञ्जली सभामा विश्वकै अर्बपतिको सूचीमा पर्न सफल तथा स्व. चौधरीका सुपुत्र विनोद चौधरी, बसन्त चौधरी र अरुण चौधरीले आफ्ना पिताको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । साथै वरिष्ठ कलाकर्मी/रङ्गकर्मी तथा श्री लुनकरणदास चौधरी साहित्य कला मन्दिरका उपाध्यक्ष हरिहर शर्मा, स्व. चौधरीकी नातिनी तथा नर्भिक इन्टरनेशनल हस्पिटलकी कार्यकारी निर्देशक मेघा चौधरी शाक्य, नातिनी ज्वाइा तथा बसन्त चौधरी फाइण्डेसनका द्वितीय उपाध्यक्ष पारस शाक्य, नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहले पनि श्रद्धासुमन अर्पण गर्नुभएको थियो ।
नेपालको औद्योगिक क्षेत्रलाई अहिलेको अवस्थामा ल्याइपुर्‍याउन स्व. चौधरीको प्रमुख भूमिका रहेको छ । सामान्य कपडा व्यवसायबाट व्यापार सुरु गरे तापनि उहााले आफ्नो मिहिनेत, लगनशीलता र निरन्तरको प्रयासबाट चौधरी ग्रुपलाई बहुराष्ट्रिस्तरको कम्पनी बनाउन सफल हुनुभएको थियो । एउटा उद्योगी भए पनि उहााले जस्तोसुकै संकटको अवस्थामा पनि कहिले पनि आफ्ना ग्राहकलाई मार पर्ने काम गर्नुभएन । उहााको उद्योगको अलावा नेपालको स्वास्थ्य तथा साहित्य क्षेत्रमा पनि महत्वपूर्ण योगदान रहेको छ । खासगरी नेपालको पूर्वाञ्चलको दुहबीमा वि.सं. २०५२ सालमा श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पातालको स्थापना तथा नर्भिक इन्टरनेशनल हस्पिटल जस्तो स्वास्थ्य प्रतिष्ठानको स्थापना गरेर नेपाली स्वास्थ्यक्षेत्रलाई अतुलनीय गुन लगाउनुभएको छ । त्यस्तै नेपाली साहित्य क्षेत्रको श्रीवृद्धिको लागि श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिरको स्थापना गरेर उहााले साहित्यकारलाई हरदम सम्मान, पुरस्कृत तथा प्रोत्साहन गर्दै आउनुभएको थियो ।
सभामा नेपालको औद्योगिक क्षेत्रलाई अतुल्य योगदान दिनुभएका, सामान्य व्यापारबाट विशाल र प्रतिष्ठित बहुराष्ट्रिय चौधरी समूहको निर्माण गर्नुभएका, विपन्न नेपालीहरूको सहयोगी तथा समाजसेवी स्व. लुनकरणदास चौधरीको अमूल्य योगदानको विभिन्न विशिष्ट व्यक्तित्वद्वारा स्मरण गरिएको थियो । वरिष्ठ कलाकर्मी/रङ्गकर्मी तथा श्री लुनकरणदास चौधरी साहित्य कला मन्दिरका उपाध्यक्ष हरिहर शर्माले उहााले उद्योगी–व्यापारीको भूमिका निर्वाह गर्दागर्दा समाजसेवा र सिर्जनाका फााटमा पनि उत्तिकै गहिरो अभिरुचिपूर्वक योगदान पुर्‍याउने, पत्रकारिता र अन्य गतिविधिहरूतर्फ पनि चिन्तनशील रहने लुनकरणदास चौधरी सााच्चै नै एक युगपुरुष भएको बताउनुभयो । शर्माले भन्नुभयो, ‘लुनकरणदास चौधरी पार्थिव रूपमा हामीबाट बिदा हुनुभएको आज ४५ दिन भएछ । उहाा जानुभयो फेरि कहिल्यै नफर्किने गरी यस लोकबाट तर उहाा जीवितै हुनुहुन्छ । आफ्ना योगदानले राष्ट्रलाई सदा उर्वर बनाउने कर्मवीरहरू कहिल्यै दिवङ्गत हुादैनन् । त्यसैले उहाालाई हामी कहिल्यै स्वर्गीय भन्न चाहन्नौा । लुनकरणदास चौधरी हाम्रा हृदयका एकएक स्पन्दनमा जीवन्त बााचिरहनु भएको छ र बााचिरहनु हुनेछ ।’ नर्भिक इन्टरनेशनल हस्पिटलकी कार्यकारी निर्देशक मेघा चौधरी शाक्यले आफ्नो हजुरबुबाको औद्योगिक, सामाजिक एवम् आर्थिक गोरेटाहरूमा अविचलित रूपमा लागि पर्न भगीरथ प्रयास गर्ने जनाउनुभयो । त्यस्तै, बसन्त चौधरी फाउण्डेसनका द्वितीय उपाध्यक्ष पारस शाक्यले स्व. चौधरीको कस्तै दु:खमा पनि नआत्तिने र सुख पर्दा नफुर्किने, अत्यन्तै धैर्यवान्, सहनशील, क्षमाशील र धर्मपरायण व्यक्तित्वको एक अंश पनि आजको पुस्ताले ग्रहण गर्न सकेमा फलदायी हुने विचार व्यक्त गर्नुभयो । सभामा नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंह, भूरामल लुनकरणदास कङ्लोमेरेटका निर्देशक मनिष खेम्काले स्व. चौधरीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here