सामूहिक बलात्कारका अपराधी गहुा दिएर छुटे

119

बलात्कार गर्नेलाई विश्वमा नै कडाभन्दा कडा सजायको व्यवस्था गरिएको छ । तर पाकिस्तानमा भने सामूहिक बलात्कारको मामिलामा स्थानीय आगुवाहरूको समूहले १२ सय किलो गहुा तिरेर अपराधीलाई छुटाउने काम गरेका छन् ।
यो घटना पाकिस्तानको विकसित क्षेत्र सिन्ध सबूस्थित उमरकोटको नबी शाह इलाकाको हो । केही दिनअघि १४ वर्षकी पीडित बालिकाका दाइले थानामा यस मामिला दर्ता गराएका थिए । पीडितका बाबुका अनुसार बलात्कारको मुद्दा दर्ता भएपछि आरोपी पक्राउ परे । त्यसपछि उनलाई यो मामिला स्थानीय कमिटी जिरगाबाट टुंग्याउन दबाब दिइयो । जिरगा यहााका अगुवाहरूले चलाएको स्थानीय अदालत हो । यो अदालतले अपराधीलाई उक्त सजाय सुनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here