१५ हजार अण्डाको अमलेट !

374

फ्रान्सको दक्षिणी सहर बेसियार्जमा हालै १५ हजार अण्डाको अमलेट बनाइएको छ । त्यहााको एक पर्व इस्टर पर्वका अवसरमा भएको एक समारोहमा जाएन्ट अमलेट ब्रदरहुड अफ बेसियार्ज नामक संस्थाका सदस्यहरूले यति बडेमाको अमलेट तयार पारेका हुन् । यो संस्थाले हरेक वर्ष यस्तो कीर्तिमानी अमलेट तयार गर्ने गर्छ ।
यो वर्ष १५ हजार अण्डाको अमलेट बनाउने कार्यक्रम हेर्नका लागि १० हजार मानिस भेला भएका थिए । यो अण्डा बनाउने समारोहसागै त्यहाा चर्चमा गएर घण्टी बजाउनेलगायतका प्रतियोगिता पनि भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here