काठमाडौं/ अश्मी श्रेष्ठ ‘मिस नेपाल वल्र्ड–१६’को बिजेता घोषित भएकी छिन् । चितवननिवासी श्रेष्ठ देशकी २२ औा मिस नेपाल बनेकी हुन् ।
काठमाडौाको अन्नपूर्ण होटलमा उक्त प्रतियोगिता सञ्चालन भएको थियो । अन्तिम स्पर्धामा रहेका १९ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षीय अश्मी ‘मिस नेपाल वल्र्ड’ बन्न सफल भइन् । त्यस्तै, प्रतियोगितामा ‘मिस नेपाल इन्टरनेशनल’ ललितपुरकी रोशनी केसी तथा ‘मिस नेपाल अर्थ’ सप्तरीकी वर्षा लेखी भइन् । त्यसैगरी, सिर्जना रेग्मी र नम्रता श्रेष्ठ पनि अन्तिम पााचमा परे । प्रतियोगितामा ‘मिस इन्टेलेक्चुअल’, ‘मिस फोटोजेनिक’ र ‘बेस्ट इभिनिङ गाउन’ उपाधि पनि आफ्नो पोल्टामा पार्न सफल भएकी अश्मीले यसै वर्ष इन्डोनेसियामा हुने ‘मिस वल्र्ड–२०१६’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । उपाधि जितेपछि उनले नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउने प्रयास गर्ने जनाइन् ।