एकैपटक पााच छोरी जन्मिए

162

भारतको छत्तीसगढको सरगुजा जिल्ला अस्पतालमा एक महिलाले एकै पटक पााचवटा सन्तान जन्माएकी छन् ।
महिला र सबै बच्चाको स्वास्थ्य अवस्था ठीक रहेको अस्पतालले जनाएको छ । महिला स्थानीय बिनकारा गाउा निवासी हुन् । २३ वर्षीय महिला मनिका राजवाडेलाई अम्बिकापुरको सरकारी अस्पतालमा दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो । अस्पतालका सिभिल सर्जन डाक्टर एनके पान्डेयका अनुसार सामान्यत: ९ महिनामा जन्मने औसत बच्चाको सामान्य तौल २.५ किलोग्राम आसपास हुने गर्दछ । तर मनिताको प्रशव ७ महिनामै भएको छ । त्यसैले सबै बच्चाको तौल १ किलोग्रामदेखि १.५ किलोग्राम मात्र छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here