‘नाई नभन्नु ल ४’ले अपेक्षित सफलता पाएन

231

काठमाडौं/ विकास आचार्य निर्देशित चलचित्र ‘नाई नभन्नु ल ४’ले सिरिजका अघिल्ला चलचित्र जस्तो अपेक्षित सफलता नपाएको देखिएको छ । चलचित्रको कथावस्तु सिरिजका अघिल्ला चलचित्रभन्दा कम भएको दर्शकहरूले प्रतिक्रिया दिएका छन् ।
सिनेमा हलमा पुगेका निर्देशक विकास आचार्यलाई दर्शकले रुनै नपाएको गुनासो गरेका छन् । मल्टिप्लेक्स र सिंगल थिएटरका दर्शकले नाई ‘नभन्नु ल २ र ३’ को तुलनामा ४ मा रुने ठाउा थोरै भएको भन्दै गुनासो गरेका थिए । यद्यपि चलचित्रका वितरकले भने चलचित्र प्रदर्शन भएदेखि दुई करोड माथि ग्रस कलेक्सन गरेको दाबी गरेका छन् । चलचित्रमा प्रियंका कार्की, वर्षा राउत, पल शाह, आाचल शर्मा, अनुभव रेग्मी, सरोज खनाललगायतका कलाकारले अभिनय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here