मुलुक र जनताप्रतिको संवेदना गुमाएको राज्य

155

चन्द्रप्रकाश वानियाा
भूकम्पले नेपाली जनजीवनलाई अस्तव्यस्त र त्रस्त बनाएर छोडेको पूरै वर्षदिन पुगेछ । यो अवधिमा उठीबास लागेका मानिसहरूको पुनर्वास र क्षतिग्रस्त भएका भौतिक संरचनाहरू पुनर्निर्माणको औपचारिक प्रारम्भसम्म हुन सकेको छैन । मुलुक र जनताका लागि कष्टकर सिद्ध भएका दिव्य तीन सय पैसठ्ठी दिन बितेको उपलक्ष्यमा देशका दुई शीर्षस्थहरूले भूकम्पबाट सबैभन्दा बढी क्षतिग्रस्त भएका इलाकाहरू गोरखा र सिन्धुपाल्चोकको माटोलाई आफ्ना पवित्र पाउले कुल्चिदिएर जनतालाई कृतार्थ बनाउने चेष्टा गरे । गोरखाको बारपाकमा उत्रेकी महामहिम राष्ट्रपतिबाट जनतासाग एकोहोरो संवाद गर्नमा पनि कञ्जुस्याइा गरिएछ । जनतालाई ओठे आश्वासन दिनु पनि जरुरत ठानिएनछ । मर्कामा परेर पिल्सिएका जनताले सरकारको ओठे आश्वासनबाट मात्र पनि राहतको अनुभूति गर्नेछ भन्ने सामान्यज्ञान राष्ट्रपतिले नराखिदिएको गुनासो जनताबाट सार्वजनिक भयो । उता सिन्धुपाल्चोक पुगेका प्रधानमन्त्रीले स्वस्थानीका कथाहरू सुनाएर जनतालाई थप निराश बनाएछन् । वास्तवमा दुवै शीर्षस्थहरूको त्यो चेष्टा सम्वेदनाहीनताको पराकाष्ठा थियो ।
साठीको दशकको अन्ततिर आम नेपाली जनतालाई एउटा विचित्रको आभाष हुन थालेको थियो । तीनताका मुुलुकका असी प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा रहेको दाबी माओवादीले गथ्र्यो । हुन पनि जिल्ला सदरमुकाम र ठूला सहरहरूबाहेक बााकी गाउाबस्तीहरूमा उनीहरूकै हुकुम चल्थ्यो । गाउाबाहिर आउजाउ गर्न उनीहरूको अनुमति लिनुपथ्र्यो । हुनेखाने वर्गका धनीमानी, साहु, सामन्तहरूले गाउा परित्याग गरिसकेका थिए । पुलिसको नाकमुख गाउाघरमा देख्न पनि दुर्लभ हुन थालेको थियो । तत्कालीन शाही सेनाले फाट्टफुट्ट गस्ती गथ्र्यो । त्यो पनि दिनको उज्यालोमा मात्रै ! बाहिरफेर बास बस्नुपर्ने गरी क्याम्प छोड्ने हिम्मत सेनासाग पनि थिएन । जबर्जस्ती र बाध्यताकै भए पनि गाउालेहरूसाग माओवादीहरूको जीवित सम्बन्ध थियो । जनतासाग घुलमिल हुने कौशल सुरक्षा फौजसाग देखिएन । बाह्य जगतमा माओवादी गतिविधिले ‘आतङ्क’ को दुर्नाम कमाए पनि वास्तवमा आम जनसाधारणहरू माओवादीभन्दा सुरक्षाफौजबाट बढी आतङ्कित थिए अर्थात् जनताले सुरक्षाफौजभन्दा माओवादीप्रति आत्मीयता प्रदर्शन गर्थे । साथ र समर्थन दिन्थे । माओवादीले जनताको साथ र समर्थन पाउनुको अर्को कारण माओवादी शक्तिको अधिमूल्याङ्कन थियो, सायद । हुन पनि मुलुक माओवादीको कब्जामा पर्नै आाटेको हो कि जस्तो लाग्थ्यो । ‘जसले जित्छ उही मेरो भाले’ भनेजस्तो जित्ने निश्चित जस्तो देखिएको पक्षमा मानिसहरू लाग्नु स्वाभाविक थियो ।
निकट भविष्यमै शासनसत्ता माओवादीले लिने भयो भन्ने आम बुझाइ थियो । भ्रममा भए पनि जनतामा एकखालको उत्साह पनि थियो । सशस्त्र विद्रोहमा संलग्न रहेको माओवादी अकस्मात बाह्रबुादे सहमति गरेर संसद्वादी कित्तासागको सहकार्यमा उत्रियो । राजशाहीलाई घुाडा टेकाएपछि शान्ति प्रक्रियामा सामेल भयो । हतियार थन्काएर एमाले–कााग्रेससाग हातेमालो गर्दै संसद्मा समेत छिर्‍यो । माओवादीको नयाा रूपको अवतरणको वास्तविकता कारण उद्देश्य नबुझे पनि जनताले गर्नसक्ने कुरा केही थिएन । आखिर संसद्वादी कित्तासाग हात मिलाएर हिाड्नु नै थियो भने मुलुकको आर्थिक उन्नतिको मार्ग ठप्प हुने गरी दश वर्षे सशस्त्र संघर्ष गर्नुको औचित्य के थियो भन्ने कुराले जनतालाई असन्तुष्ट र आश्चर्यचकित बनाएको थियो । वास्तवमा परिस्थिति जनताले बुझेजस्तो रहेनछ । माओवादीले ‘आजै जित्छ ! भोलि नै जित्छ !!’ भनेजस्तो अवस्था आवरणमा देखिएको कुरा यथार्थ वस्तुतथ्य रहेनछ । हतियारबन्द युद्धबाट कहिल्यै राज्यसत्ता कब्जा गर्न सकिादैन भन्ने कुरामा माओवादी नेतृत्व पुगेको रहेछ । ढिलोचााडो अमेरिकी नेतृत्वको विश्वपाूजीवादी सत्ताले आफूलाई सिद्धाएरै छोड्छ भन्ने त्रास नेतृत्वमा घनिभूत भइसकेको रहेछ । शान्तिप्रक्रियामा सामेल भइसकेपछि आफ्नो बुझाइ आन्तरिक रूपमा मात्रै होइन, सार्वजनिक रूपमा समेत जनताका बीचमा नेतृत्वले अभिव्यक्त गर्ने गथ्र्यो ।
माओवादीले कुरा फेरेको थियो तैपनि फेरि अर्को एकपटक पनि जनताले उसको कुरा पत्यायो अर्थात् हतियारको बलमा राज्यसत्ता कब्जा गरिछोड्ने अठोट पनि पत्यायो । उनीहरूबाटै सार्वजनिक भएको हतियार बिसाउनुपर्ने बाध्यताको तर्कमा पनि विश्वास गर्‍यो । जनताप्रति उत्तरदायी र मुलुकको आवश्यकताप्रति संवेदनशील रहने राज्यव्यवस्था स्थापना हुने विश्वास जनताले लियो । नयाा परिवर्तन स्वीकार्‍यो, पत्यायो । माओवादी शक्तिको परिवर्तित रूप आत्मसात् गर्ने अभ्यासमा लाग्यो । निर्वाचनमा माओवादीलाई जनताले समर्थन गर्‍यो । आफ्नै बलमा स्थापित गरेको निर्वाचन प्रणालीको कारणले व्यवस्थापिका संसद्मा एकलौटी बहुमत पुगेन । जे भए पनि चारवर्षमा दुई/दुईपटक माओवादी नेतृत्वका सरकारहरू बने । यद्यपि पहिलो सरकार नौ महिनामै सत्ता छोड्न बाध्य भयो र पछिल्लो सरकारलाई सालबसाली बजेट समेत बनाउन दिइएन । तैपनि सत्तामा रहादा ‘चिल्लो पात’सम्म देखाउन असमर्थ हुनु जनतामा निराशा उत्पन्न हुने कारण बन्यो । माओवादी सरकार मुलुकको समस्या र आकांक्षाप्रति संवेदनशील भएको मनोवैज्ञानिक प्रभाव जनतामा छाड्न सफल हुनसकेन । मनमोहन नेतृत्वको एमालेको नौ महिने सरकारले प्रदर्शन गरेको जनपक्षीयताको भ्रम छरेजत्तिको शासकीय कुशलता पनि माओवादी नेतृत्वले प्रदर्शन गर्न सकेन । माओवादीको तल्लो तहको नेतृत्व त झन् पूरै असामाजिक रहेछ भन्ने कुरा चारवर्षको छोटो अवधिमा सर्वाङ्ग भएर नांगियो । त्यसमाथि थप माओवादीमा आएको विभाजनले जनतालाई थप निराश बनायो । जनता र मुलकलाई बिर्सेर आपसमा कुकुर बिरालोझौ लड्न थालेको माओवादी नेतृत्वप्रतिको आस्था, विश्वास र भरोसा निराशा, घृणा र वितृष्णामा बदलियो । संविधानसभाको दोस्रो निर्वाचनको फरक परिणामको कारण त्यही थियो ।
माओवादीप्रति जनतामा विकसित विकर्षण भावको परिणाम संविधानसभाको दोस्रो निर्वाचन परिणाम एमाले कााग्रेसको पोल्टा खनियो । त्यो प्रतिक्रियाको मत थियो । लोकप्रियताको परिणाम थिएन । एमाले कााग्रेसलाई नयाा जनमत ‘बाख्राको मुखको कुभिण्डो’ सावित भयो । एकपटकको जनमत सदाकालका लागि मिलेको हो भन्ने मानसिकता ती दुई दलको नेतृत्वमा विकसित भएको देखियो । दोस्रो संविधानसभाको कार्यकाल चार वर्ष तोकिएको थियो । तेस्रो पार्टी भए पनि प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने अवसर पाएको एमाओवादीले त्यो चार वर्ष कुर्ने धैर्य प्रदर्शन गर्न सकेन । सरकार परिवर्तन र सत्तामा साझेदारीका लागि हतारियो । एमाओवादीसमेत सामेल भएको पछिल्लो सरकार जनताप्रति सुरुदेखि नै असंवेदनशील र अनुत्तरदायी देखिादै आएको छ । एमाले नेतृत्वको सरकारको गैरजिम्मेवार प्रवृत्तिसाग एमाओवादी पनि सती जाने भयो । संविधान जारी भए पनि मुलुकको आधाभन्दा बढी जनसंख्या असन्तुष्ट रहने परिस्थिति निर्माण भयो । सरकार भने जनताको त्यो ठूलो हिस्सालाई सम्बोधन गर्ने पक्षमा देखिादैन । पछिल्लो पटक स्वेच्छाले विपक्षमा बसेको कााग्रेस र सत्तापक्ष दुवै जनताप्रति पटक्कै संवेदनशील देखिादैनन् । पछिल्लो पटक गोरखाको बारपाक र सिन्धुपाल्चोकको चौतारामा देखिएको मुलुकका शीर्षहरूको रवैया त्यसैको निरन्तरताको नमूना हो । नक्कली राष्ट्रवादको नौटंकीको लीला प्रदर्शनले सदाकालको लागि जनताको आाखामा छारो हाल्न सकिन्न भन्ने सामान्यज्ञान सत्तानेतृत्वमा देखिादैन । सत्ताको गैरजिम्मेवारी, असंवेदनशील र असहिष्णु चरित्रको परिणामस्वरूप जनताले अकल्पनीय दु:खकष्ट उठाउन विवश हुनुपरेको मात्रै होइन, त्यसले स्वयम् सत्तालाई समेत धराशायी बनाउनेछ भन्ने बुझाइको नितान्त अभाव देखिएको छ । त्यस्तो प्रवृत्ति मुलुक र सत्ता दुवैका लागि असल संकेत हो भन्न सकिन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here