प्रधानसेनापति क्षत्रीलाई अमेरिकामा सम्मान

239

काठमाडौं/ नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकामा सम्मानित भएका छन् । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका क्षत्रीलाई इन्टरनेशनल हल अफ फेम इन्डक्सन सेरोमनिका अवसरमा सम्मान गरिएको हो । अमेरिकाको युएस आर्मी कमाण्ड एण्ड जनरल स्टाफ कलेजमा तालिम लिएका प्रधानसेनापति क्षत्रीलाई कार्यक्रममा तस्बिर राखी सम्मान गरिएको थियो । उक्त सम्मान कार्यक्रममा ९२ राष्ट्रका १३०० सैनिक अधिकृतहरूको उपस्थिति रहेको थियो । अमेरिकी सेनाको उक्त शिक्षण संस्थाले त्यहााबाट तालिम सम्पन्न गरी उच्च ओहोदामा पुग्न सफल शिक्षार्थीहरूलाई यस्तो सम्मान दिने प्रावधानअनुरूप प्रधानसेनापति क्षत्रीलाई सो सम्मान दिइएको हो । हालसम्म उक्त सम्मान विभिन्न राष्ट्रका २ सय ६२ जनालाई दिइएको छ । प्रधानसेनापति क्षत्री २६१ औं सदस्यको रूपमा सम्मानित भएका हुन् । सम्मान कार्यक्रमपश्चात् प्रधानसेनापति क्षत्रीले आफूलाई प्रदान गरेको सम्मानप्रति सम्बोधन गर्दै उक्त शिक्षण संस्था, अमेरिकी सेना तथा अमेरिकी सरकारप्रति कृतज्ञता तथा धन्यवाद ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here