पटाका पड्काए ३२ लाख तिनुपर्ने !

327

पाकिस्तानको पञ्जाब सरकारले विवाह गर्दा कडा नियमहरूको पालना गर्नुपर्ने जनाएको छ । उक्त प्रान्तमा अबदेखि विवाहमा पटका पड्काउने वा आतिसबाजी गरेको पाइएमा झण्डै ३२ लाख रूपैयााबराबर जरिवाना तिराइनेछ ।
विवाहमा पटका पड्काउन मात्र होइन, दाइजोमा पनि पूर्ण रूपमा बन्देज लगाइएको छ । नियमअनुसार कानुन नमान्नेलाई थप जरिवाना तथा जेल सजाय समेत हुनेछ । नयाा नियमअनुसार अबदेखि बिहे भोजमा एकभन्दा बढी पक्वान्न समेत बनाउन पाइनेछैन । पञ्जाब विधानसभाले हालै यो कानुनलाई पारित गरिसकेको छ । बिहे समारोहमा ठूलो आवाज निकालेर गीत बजाउादै छिमेकीलाई डिस्टर्ब गर्नु पनि अपराध मानिनेछ । त्यस्तै बिहेको पूरै समारोह राति १० बजे अगावै सक्नुपर्ने नियम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here