‘ग्याङस्टार ब्लुज’को घोषणा

188

काठमाडौं/ निर्देशक हेमराज बिसीको नयाा चलचित्र ‘ग्याङस्टार ब्लुज’को निर्माणको घोषणा भएको छ । उक्त चलचित्रकी नायिकामा देखिनेछिन् आना शर्मा, नायकको भूमिकामा आशिरमान देशराज श्रेष्ठ हुनेछन् । ‘जेरी’ नायिका आना शर्माले करिब २ वर्षपछि चलचित्र खेल्न लागेकी हुन् । २ वर्ष अगाडि उनले अभिनय गरेको चलचित्र ‘जेरी’ रिलिज भयो र हिट पनि भयो । यो चलचित्र हिट भएपछि आनाको माग बढे पनि उनले नयाा चलचित्र गरेकी थिइनन् ।

 
आनालाई निर्देशक हेमराज वीसीले १० महिना बाहिरी ब्यानरमा काम गर्न दिने छैनन् । आनासाग ‘ग्याङस्टार ब्लुज’ निर्माण यूनिटले यस्तै सम्झौता गरेको छ । यस अवधिमा उनले चलचित्रका लागि तयारी गर्नुपर्नेछ । चलचित्रको छायांकन, पोष्ट प्रोडक्शन र रिलिजसम्म यही चलचित्रलाई समय दिनुपर्नेछ । यसरी हेर्दा करिब २ वर्ष आना फेरि हेमराज र निर्माता सरोज न्यौपानेको चलचित्रकै लागि समय दिन व्यस्त हुनेछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here