अनुकरणीय स्रष्टा सम्मान कार्यक्रम

283

राज्यलक्ष्मी शाक्य

 
भनिन्छ, साहित्य भनेको समाजको ऐना हो । समाजको यथार्थ स्वरूप, विषयवस्तु र काल्पनिकताको झल्को पनि साहित्यमा आउने गरेको पाइन्छ । साहित्य भन्नाले ‘हितले युक्त भएको भन्ने शाब्दिक अर्थ निस्कने कुरा व्याकरणविद्हरूबाट मैले सुनेकी थिएा । त्यस्तो हितले युक्त साहित्यको रचना गर्ने व्यक्तित्व नै साहित्यकार हो भन्ने मेरो बुझाइ छ । त्यसकारण पनि साहित्यकार समाजको आदरणीय, सम्माननीय र अनुकरणीय व्यक्तित्व बन्दछन् । साहित्यकार समाजका गहना हुन्, राष्ट्रका सम्पत्ति हुन् । साहित्यकारहरूबाट साहित्य सिर्जना यदि नहुने हो भने यो संसार मरुभूमि समान हुने पनि विद्वत् व्यक्तिहरूको भनाइ छ । साहित्यकारको सिर्जनामा नै देशको अस्तित्व बााचेको हुन्छ । त्यसकारण साहित्यकारहरूलाई समय–समयमा विभिन्न पुरस्कारहरूबाट सम्मानित गर्ने कार्य पनि गरिादै आएको हुन्छ । यसै सेरोफेरोमा गत हप्ता एउटा कार्यक्रम सम्पन्न भयो, जहाा नेपालका चर्चित साहित्यकारहरूलाई सम्मान गरियो । यस्तो कार्यक्रमको आयोजना गरिएको थियो– लुनकरणदास–गंगादेवी साहित्य कला मन्दिरबाट ।

 
लुनकरणदास–गंगादेवी साहित्य कला मन्दिरले राजधानीमा आयोजना गरेको कार्यक्रममा सात जना साहित्यकारहरू सम्मानित भएका छन् । भारतको दार्जिलिङबाट नेपाली संगीतमा निरन्तर साधनारत शान्ति ठटाललाई लुनकरणदास–गंगादेवी साहित्य कला मन्दिरले सम्मान गरेको छ । उनीसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ७ व्यक्तित्वलाई मन्दिरले गत शनिबार सम्मानित गरेको हो । नेपाली गीत संगीतमा अतुलनीय योगदान पुर्‍याएबापत ठटाललाई मन्दिरले नारायणगोपाल संगीत सम्मान अर्पण गर्‍यो भने समाज सेवामा योगदान दिएबापत अंगुरबाबा जोशीलाई गंगादेवी चौधरी स्मृति सम्मान दिइयो । नेपाली आख्यान एवं पत्रकारिताका क्षेत्रमा आफ्ना गहनतम कृतिमार्फत विगत ६ दशकभन्दा लामो समयदेखि सक्रिय योगदान पुर्‍याएको भन्दै वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई सरस्वती सम्मान, विभिन्न जातजातिको जनजीवन र संस्कृतिमाथि खोज अनुसन्धानका लागि डा.जगमान गुरुङलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान र आधुनिक चित्रकलामा योगदान पुर्‍याएबापत दुर्गा बराल ‘वात्स्यायन’ लाई अरनिको ललितकला सम्मान दिइयो । नेपाली रंगमञ्चमा पुर्‍याएको योगदानका लागि वरिष्ठ रंगकर्मी प्रचण्ड मल्ललाई बालकृष्ण सम रंगसम्मान र जीव विज्ञानमा पुर्‍याएको योगदानका लागि डा.बबिता पौडेल भट्टराईलाई नेपाल नवप्रतिभा सम्मान दिइयो । उक्त सम्मान मन्दिरका अध्यक्ष वसन्तकुमार चौधरी र राष्ट्रकवि माधव घिमिरेले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । पुरस्कार स्मृति सम्मानमा एक लाख रूपैयाा र अन्य सम्मानमा जनही ५१ हजार रूपैयाा र ताम्रपत्र रहेको थियो ।

 
जब कसैले राम्रो काम गर्दछ, त्यसलाई हौसला र सम्मान गर्ने हो भने त्यस्ता कार्यहरू गर्नेहरूलाई अझ धेरै प्रोत्साहन मिल्दछ । सम्मानको संस्कृति हाम्रोमा रहे पनि त्यो त्यति विवादमुक्त भने देखिादैन । यद्यपि लुनकरणदास–गंगादेवी साहित्य कला मन्दिरले आयोजना गरेको सम्मान कार्यक्रम भने सबैको मन जित्न सफल भयो । यसले समाजमा योगदान पुर्‍याएका अग्रज व्यक्तित्वलाई गरेको सम्मान सबैको लागि एउटा शिक्षा बनेको छ । मन्दिरले साहित्यलाई मात्र नभएर अन्य क्षेत्रमा पनि योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरेको छ, जुन आफौमा उदाहरणीय कार्य हो । मन्दिरका अध्यक्ष बसन्त चौधरी आफौ साहित्यकार भएका कारण पनि साहित्यको मर्म बुझेको देखिन्छ र जुन सम्मानको परम्परा थालनी गरिएको छ, यसले नेपाली साहित्य तथा अन्य क्षेत्रमा सकारात्मक पाइला चाल्नका लागि सबैलाई प्रेरणा मिल्ने आशा गर्न सकिन्छ । तर अपसोच ! स्रष्टा सम्मान कार्यक्रममा मानिसहरूको उपस्थितिले खचाखच भरिएको हलभित्र लुनकरणदास र गंगादेवी चौधरीका जेठा छोरा विनोद चौधरी भने उपस्थित नभएकोबारे उपस्थितहरूले जिज्ञासा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here