७० वर्षमा बल्ल सन्तान जन्मियो

219

भारतकी एक महिलाले ७० वर्षको उमेरमा बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेकी छिन् । भारतको हरियाणास्थित एक क्लिनिकमा टेस्टट्युब प्रविधिबाट ७० वर्षकी दालजिन्दर कौरले छोरा जन्माएकी हुन् । उनको श्रीमान्को उमेर भने ७९ वर्ष रहेको छ । यस्तो वृद्धावस्थामा पनि बाउ बन्न सफल भएका मोहिन्दर सिंह गिलले आफ्नो सन्तानको हेरविचारलाई कुनै चिन्ता नरहेको र ईश्वरले सबै चिज हेर्ने जनाउाछन् ।

 
यो जोडीले ४६ वर्षअघि बिहे गरेको थियो । तर यो उमेरसम्म आइपुग्दा समेत बच्चा जन्मिएको थिएन । हरियाणाको नेशनल फर्टिलिटी एण्ड टेस्टट्युब सेन्टरमा जन्मिएको उक्त शिशु जन्मिादा २ केजी तौलको थियो । गत अप्रिल १९ मा उक्त शिशु जन्मिएको र हाल ऊ स्वस्थ रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here