दाह्री खौरिएमा १ सय डलर जरिवाना !

313

आतंकवादी संगठन आईएसले आफ्नो प्रभाव रहेको क्षेत्रमा अनौठो नियम ल्याएको छ । चरम आर्थिक संकटबाट गुज्रिरहेको आईएसले आर्थिक संकटबाट उत्रिने उपायस्वरूप नयाा कर तथा जरिवाना नीति थप गरेको छ । यसअन्तर्गत आईएसले अबदेखि दाह्री काट्ने पुरुषबाट एक सय डलर तथा बढी टाइट कपडा लगाउने महिलाबाट २५ डलर कर तथा जरिवाना असुल्ने निर्णय गरेको छ । आईएसले आफ्नो आधारक्षेत्रमा बस्ने मानिसहरूमा यस्तो कर तथा जरिवाना नीति लागू गरेको हो । रिपोर्टअनुसार पछिल्लो ४ महिनामा मात्रै आईएसले आफ्नो नियन्त्रणमा रहेको २२ प्रतिशत भूभाग गुमाइसकेको छ । आर्थिक संकटले घेरेसागै उसले विभिन्न सजाय तोकिएका मानिसहरूबाट पैसा लिएर सजाय माफी दिन थालेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here