अपराधीलाई कारबाही गर्नेबाटै अपराध

121

काठमाडौं/ जनतालाई सताउने र समाजमा अशान्ति मच्चाउने गुण्डाहरूलाई तह लगाउन माहिर मानिएका काठमाडौं प्रहरी परिसरमा अपराध अनुसन्धान शाखाको प्रमुखको जिम्मेवारी बहन गरिरहेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल आफौले जनतामाथि अन्याय गरेको र जनताको निजी सम्पत्ति कब्जा गरेको जानकारी जनधारणा साप्ताहिकलाई प्राप्त भएको छ । अपराध अनुसन्धानको जिम्मेवारी सम्हालेका व्यक्तिबाटै अर्काको सम्पत्ति कब्जा गर्ने काम भइरहेको गज्जबको समाचारको विवरण यसप्रकार छ ।
०७२ सालको प्रारम्भमै वैशाख १२ गतेका दिन गएको महाविनाशकारी भूकम्पले हनुमानढोकास्थित प्रहरी कार्यालय क्षतिग्रस्त भएपछि टेकुस्थित नेशनल ट्रेडिङ लिमिटेडको परिसरमा एक जना व्यवसायीले ठेक्कामा जग्गा लिएर पााच करोड रूपैयाा खर्च गरी निर्माण गरेको पार्टी प्यालेसमा एसएसपी सर्वेन्द्र खनालले कार्यालय सञ्चालन गर्न थालेको एक वर्ष बितिसकेको छ । अर्काको व्यवसाय नै ठप्प पारेर पूरै एक वर्षसम्म कार्यालय सञ्चालन गर्नु समाजप्रतिको कत्तिको जिम्मेवारी हो ? यस्तो काम गुण्डाहरूले बाहेक अरुले गर्न सक्दैन । जनताको सम्पत्तिको रक्षा गर्नुपर्ने निकायको प्रमुख भएर बसेको व्यक्तिले नै जनताको सम्पत्ति कब्जा गरेर बस्नु कति मनासिव हो ?
भूकम्पपछि जिल्ला प्रहरी कार्यालय काठमाडौंको कार्यालय पनि टेकुको नेशनल ट्रेडिङ कार्यालयकै भवनमा सञ्चालन भइरहेको छ । तर नेशनल ट्रेडिङ लिमिटेडसाग सम्भmौता गरी करोडौं लगानी गरेर निर्माण गरिएको व्यापारिक कम्प्लेक्स नै कब्जा गर्ने अपराध गरी अपराध अनुसन्धान शाखाको कार्यालय सञ्चालन गरिएको एक वर्ष बितिसक्दा पनि व्यवसायीमाथि भएको अन्याय कसैले सुनेको र देखेको छैन । अपराधीलाई कारबाही गर्ने व्यक्ति स्वयंले अपराध गरेपछि उसलाई कसले कारबाही गर्ने ? टेकुतिरका जनता यस्तै प्रश्न गर्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here