भारतीय बााधका कारण मधेसी बस्ती डुबानको जोखिममा

132

काठमाडौं/ भारतले नेपालसाग जोडिएका विभिन्न क्षेत्रमा एकतर्फी रुपमा निर्माण गर्ने बााधका कारण प्रत्येक वर्ष नेपालको तराईमा डुबानको समस्या दोहोरिरहन्छ । विगतमा जस्तै यस वर्ष पनि भारतले मध्यपश्चिमको बााके जिल्लासाग जोडिएको सीमा क्षेत्रमा बााध बानेपछि बााकेका केही मधेसी बस्तीहरु डुबानको खतरामा परेका छन् ।

 
भारतले सीमा नजिक सडक जस्तो देखिने गरी बनाएको बााधका कारण बााकेका विभिन्न १७ गाविस डुबानमा पर्ने खतरा देखिएको छ । डुबानको खतरामा परेका मधेशी बस्तीहरुमा हिरामिनिया, होलिया, बेतहनी, पिप्रहवा, राधापुर, साइगाउा, भगवानपुर, उदयपुर, बनकट्टी तथा नेपालगञ्ज उपमहानगरपालिका पर्ने जनाइएको छ । डुबानको खतरामा परेका यी वस्तीहरुका बारेमा गतवर्ष नै स्थानीय प्रशासनले सरकारलाई जानकारी गराएको थियो । भारतको बााधका कारण नेपाली बस्ती डुबानमा पर्नसक्ने भन्दे गतवर्ष गृह मन्त्रालयमा बुझाइएको प्रतिवेदनमा लक्ष्मणपुर बााधका कारण हुने डुबानका बारेमा समेत उल्लेख गरिएको थियो । लक्ष्मणपुर बााधले बााकेका फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, बनकट्टी, मटैया, कम्दीलगायतका गाविस प्रत्येक वर्ष डुबानमा पर्दै आएका छन् ।

 
भारतले अनधिकृत र स्वेच्छाले बनाएका बााधका कारण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न क्षेत्रमा नेपाली बस्तीहरु डुबानको उच्च जोखिममा पर्दै आएका छन् । भारतले यस्ता बााधहरुमार्फत हिउाद याममा आफ्नो जमिन सिाचाइका लागि वर्षामा नेपालतर्फ पानी संकलन गर्ने गर्छ । जसले गर्दा नेपाली भूभागमा डुबानको समस्या देखिादै आएको छ ।

 
नेपालमा वर्षा याममा डुबानको समस्या बााकेमा मात्र नभएर देशका अन्य क्षेत्रमा पनि छ, जसले भारतीय बााध आतंक फैलिएको छ भने तराईवासी नेपाली जनताले वर्षेनी पीडा झेल्दै आउनुपरेको छ । बााकेको लक्ष्मणपुर, रुपन्देहीको रसियावाल–खुर्दलोटन र कपिलवस्तुको महलीसागर बााध भारतले अन्तर्राष्ट्रिय कानुन र प्रचलनविपरीत एकलौटी रुपमा बनाएको विज्ञहरुले जनाउादै आएका छन्, जसका कारण वर्षायाममा नेपालीभूमि डुबानमा परिरहेको छ । दशांै हजार हेक्टर कृषियोग्य भूमिजल मग्न हुने गरेका छन् भने हजारौं नागरिक विस्थापित हुनुपरेको छ । महलीसागरका कारण बुद्धको जन्मभूमि लुम्बिनी नै डुबानमा पर्ने खतरा विज्ञहरुले औंल्याइरहेका छन् ।

 
भारतीय बााधका कारण नेपालको भूमिहरु डुबानमा परे पनि नेपाल–भारत संयुक्त छलफलहरुमा यस्ता विषयलाई भारतले चासै नदिने गरेको पाइएको छ । गतवर्ष पोखरामा भएको नेपाल–भारतका उच्च अधिकारीको बैठकमा पनि नेपालका तर्फ बााकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले सडकरूपी बााधका कारण बााकेको आधा भूभाग डुबान पर्ने भन्दै विकल्प भएपछि मात्र सडक निर्माण गर्न प्रस्ताव गरेका थिए । बैठकमा दुवै देशका प्राविधिकको अध्ययनपछि मात्र सडकको निर्माण अगाडि बढाउने मौखिक सहमति भएको थियो । तर त्यो सहमतिको पालना नगरी भारतले एकतर्फी रुपमा त्यस्तो संरचना निर्माण गर्दा यो वर्ष पनि डुबानको खतरा बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here